बिहिबार, बैशाख २०, २०८१

पत्रकार महासंघद्वारा भत्र्सना

  काठमाडौ असार ६,  नेपाल पत्रकार महासंघले रौतहट शाखा सचिव राजेन्द्रकुमार क्षेत्री, सदस्य उमेशकुमार यादव र पत्रकार विनयकुमारलाल दासलाई गौर नगरपालिका–४ टिकुलियाका सञ्जयकुमार सहनीको नेतृत्वको समुहले हातपात, गालीगलौज तथा आगो लगाउन खोजेको घटनाप्रति आफ्नो गम्भीर ध्यनाकर्षण भएको बताउँदै घटनाको भत्र्सना गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज जारी गर्नु भएको विज्ञप्तिमा गौरस्थित कर्मचारी मिलन केन्द्रमा आयोजित आमसञ्चार विषयक तालीम स्थलमा सहनीको नेतृत्वमा आएका १०–१५ जनाको समूहले सचिव क्षेत्रीमाथि हातपात गरेको, सदस्य यादवलाई कालोमोसो दलेको र पत्रकार दासको साथमा रहेको एक थान मोबाइल र रु १५ हजार लुट्नुका साथै उहाँमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमको घटना हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो । घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याई पत्रकारलाइ पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।