बिहिबार, बैशाख २०, २०८१

काठमाडौ महानगरको आव ०७५/७६ को बजेट रु १३ अर्ब दुई करोड १२ लाख  

काठमाडौ असार १०,  काठमाडौ महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ वजेट विनियोजन गरको छ ।   काठमाडौं महागरपालिका द्दारा आज राजधानीमा आयोजित एक कार्यमकावीच उपप्रमुख हरीप्रभा खड्गी श्रेष्ठले आर्थिक वर्ष २०७५/७६  को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत बजेट प्रस्तुत गर्ने क्रममा चालू आवको अनुपातमा आगामी आवको बजेट रु १ अर्व रकम थप गरिएको प्रस्तावित वार्षिक बजेटको स्रोतमा आन्तरिक आयतर्फ रु ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट रु ५ अर्ब १९ करोड र थपअन्य स्रोतबाट रु १ अर्ब चार करोड ११ लाख अनुमान गरिएको आकंडा प्रस्तुत गर्नुभएको थियो । यसअघि चालू आव २०७४/७५ का लागि कामपाले रु १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो ।

त्यस्तै  आर्थिक वर्ष २०७५/७६  विनियोजित बजेट अनुसार: 

  • वडास्तरमा पूर्वाधार निर्माणमा रु ३ अर्ब छ करोड २५ लाख
  •  कार्यालय सञ्चालन र प्रशासनिक खर्च तर्फ  रु १ अर्ब ९३ करोड
  •  शिक्षा क्षेत्रका लागि   रु १ अर्ब १० करोड ४६ लाख
  •  हनुमानढोका–स्वयम्भू जोड्ने पदमार्ग निर्माण र ढुंगेधारा संरक्षणका लागि रु ५१ करोड ६७ लाख
  •  भवन निर्माण र सवारी सधान तथा अन्य सम्पत्ति खरिदका लागि रु २ अर्ब ३६ करोड एक लाख
  •  मोनोरेल, विद्युतीय बस, फ्लाइ स्काई ब्रिज, सार्वजनिक शौचालयलगायतको डिपिआर तयार गर्नका लागि रु १५ करोड १० लाख  बजेट विनियोजन  गरको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।