शुक्रबार, बैशाख ७, २०८१

५० हजार घुस माग्ने वैरोका शाखा अधिकृत ढुङ्गाना र प्रनानि श्रेष्ठ विरुद्ध मुद्दा दायर

 काठमाडौ असार १०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोगमा कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरेका वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा ढुंगानाले श्रम इजाजत दिने विषयमा प्रकाशित भएको सूचना अपूरो रहेको भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस मागेको उल्लेख   गरिएको छ ।   यसैवीच  आयोगले आजै प्रनानि धीरेन्द्रकुमार श्रेष्ठविरुद्ध पनि मुद्धा दायर गरेको छ । आयोगका अनुसार श्रेष्ठले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएका कारण निज विरुद्ध मुद्दा दायर गरेको जनाएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु