शुक्रबार, बैशाख २१, २०८१

आज विश्व योग दिवस विभिन्न कार्यक्रम सहित मनाइदै

 काठमाडौं असार ७,  आज विश्व योग दिवस । जुन महिनाको २१ तारिख अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गर्नुभएको योगमा १९५ वटा योगसूत्र समाहित छन् । योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव एवम् तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले समर्थन पछि संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

 योग दिवसका अवसरमा विभिन्न संघ संस्थाले विभिन्न किसिमका कार्यक्रम गर्दैछन् । धार्मिक बिश्वास अनुसार भगवान शिव् द्वारा अनुसरण् गरिएको पद्धत्रि योग शब्दको सामान्य अर्थ सम्बन्ध हो । तर महषिर् पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ ।

यसैवीच पतञ्जलि योग पीठले सभामुख कृष्णबहादुर महराको उपस्थितिमा बिहीबार बिहान छ बजे नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा योग शिविर संचालन गरिएको छ । कार्यक्रममा मन्त्री लगायत विशिष्ट सरकारी अधिकारीको पनि उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ । त्यस्तै योग दिवस मूल आयोजक समितिका तर्फबाट शिक्षा मन्त्रालयले दिउँसो साढे एक बजे प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरेको छ । त्यस्तै आज स्वास्थ्य सेवा विभाग टेकुबाट योग ¥याली कार्यक्रमको आयोजना गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।