शनिबार, बैशाख २२, २०८१

लायन्स क्लव अफ जर्नालिस्टले समाचारमुलक अनलाइन सञ्चालन गर्ने

लायन्स क्लव अफ जर्नालिस्टको वोर्ड गठन

काठमाडौं जेठ १२, Lions Club Of Nepal Journalists क्लवको पूर्ण बैठक सम्पन्न भएको छ । कल्वका अध्यक्ष योेगेन्द्र प्रताप शाहीको अध्यक्षतामा सम्पन्न बैठकले कल्वको विधिगत संरचना अनुरुप कार्य समितिलाइ पूर्णता दिएको हो ।  जस अनुसार योगेन्द्र प्रताप शाहीको अध्यक्षतामा वोर्डका उपाध्यक्षद्दय निरञ्जन ओझा, नेत्र प्रसाद न्यौपाने रहनु भएको छ भने , सचिव र सहसचिवमा श्रीजन झा र नरेन्द्र मानन्धर रहनु भएको छ । त्यस्तैगरि कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस मञ्जु शाही र सुभाञ्जली मान्नधर रहेका छन भने कार्य समिति सदस्यहरुमा गणेश कुमार शर्मा , यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, शिव पाण्डे सुनिता कोइराला लगायतका व्यक्ति लायन्स सदस्य रहेका छन ।

त्यस्तै बैठकले क्लवको इन्टरनेशनल फाउण्डेसन डाइरेक्टरमा राजन कार्की त्यस्तै गरि पब्लिक रिलेसन अफिसरमा रोसन कार्की र विधागत डाइरेक्टरमा प्रज्जवल थापा, प्रवीन श्रेष्ठलाइ जिम्मेवारी दिएको छ । क्लवका सचिव श्रीजन झाद्दारा जारी विज्ञप्तिमा पत्रकारहरुको संगठीत  प्रस्तुत क्लवले आफना क्रियाकलाप र सूचना प्रवाह गर्ने लक्ष्य सहित समाचार एवम् सूचनामुलक अनलाइन समेत सञ्चालन गर्ने नितिगत निर्णय गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।