बिहिबार, बैशाख २०, २०८१

उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय काटिरहेका बालकृष्ण ढुंगेल सहित ८१६ जना कैदी जेल मुक्त

 काठमाडौ ज्येष्ठ १५, ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग जेल सजाय काटिरहेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल आज जेल मुक्त भएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफिारिस बमोजिम ११औं गणतन्त्र दिवसको उपलक्ष्यमा संविधानको धारा २७६ बमोजिम प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका बालकृष्ण ढुंगेल , तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्मरण रहोस ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल फाइल पेश गर्न आदेश गरेको थियो । त मुलुकको कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिने व्यवस्था अनुरुप गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव प्रस्तुत गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।