बिहिबार, बैशाख २०, २०८१

आज गणतन्त्र दिवस मनाइँदै

 काठमाडौ ज्येष्ठ १५, नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आजबाट १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा आज विविध कार्यक्रम सहित गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ ।

२०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।  गणतन्त्र दिवस मूल समारोह समितिद्वारा घोषित कार्यक्रमअनुसार हिजो,आज र भोलि राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय यस अघिनै गरिसकेका छन ।

यसै क्रममा आज बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति ,उपराष्ट्रपति एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी ओली लागयतका विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलगायतको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।