शुक्रबार, बैशाख २१, २०८१

लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सबै सँगसँगै मिलेर अगाडि बढ्न आवश्यक

  काठमाडौ चैत २७ ,  गृह मन्त्रालयद्दारा आयोजित दुइ दिने एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकलाइ सबोधन गर्दै गृहसचिव प्रेमकुमार राईले लागुऔषध र आतंकवाद समस्या समाधान गर्न सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सबै सँगसँगै मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताउँनु भएको छ । 

 नेपालबाट १२, भारत ४, श्रीलंका ३, बंगलादेश २ मालल्भिस ,२ पाकिस्तान २, र भुटानका १  प्रतिनिधिको सहभागिता रहेको उक्त बैठकमा उहाँले लागुऔषध र आतंकवादसम्बन्धी बनेको ऐन कानूनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रको सुरक्षाका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामूहिक सुरक्षा चुनौतीलाई समाधान गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभएको थियो भन्े नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सार्क क्षेत्रको शान्ति र सुरक्षाका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । शान्ति सुरक्षा र दिगो विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।