बिहिबार, बैशाख २०, २०८१

डीआइजी खरेलको राजीनामा गृहद्दारा स्वीकृत

काठमाडौ चैत २८,  मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डीआइजी वरीयताको पहिलो नम्बरमा रहेका डीआइजी सर्वेन्द्र खनाललाई बढुवा गर्दै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेपछि डीआइजी रमेश खरेलले आज राजीनामा दिएको छ ।

डीआइजी   खरेलले दिएको राजीनामा गृह मन्त्रालयले बुधबार स्वीकृत भएको जनाएको छ ।डीआइजी वरियतामा खरेल दोस्रो नम्बरमा रहँदा तेस्रो नम्बरमा पुष्कर कार्की थिए । नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै डीआइजी खरेल २०४५ सालमा नेपाल प्रहरीमा भर्ना भएका थिए भने २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।