आइतवार, बैशाख २३, २०८१

राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला निर्वाचित

काठमाडौ चैत्र ४,  राष्ट्रियसभाको उपाध्यक्षको लागि आज भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार शशिकला दाहाल निर्वाचित हुनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनको क्रममा दाहालको पक्षमा ४५ र काँग्रेसका उम्मेदवार वृन्दादेवी आलेको पक्षमा ११ मत परेसंगै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

कूल ५९ सदस्यीय राष्ट्रियसभाको आजको बैठकमा ५६ सांसद उपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।