शुक्रबार, बैशाख २१, २०८१

पत्रकारत्रयलाइ सञ्चार लैङ्गिक समानता पुरस्कार

 काठमाडौं फागुन १९ , नेपाल पत्रकार महासंघले लैङ्गिक समानता र अवसर विषय अन्तक्र्रिया गर्नुका साथै तीन जना महिला पत्रकारलाई पुस्कार प्रदान गर्न आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सञ्चार क्षेत्रमा महिला पत्रकारको सहभागिता बराबरी हुनुपर्नेमा सरकारको जोड रहेको भन्दै सञ्चार प्रतिष्ठानको स्थापना गरि दक्ष पत्रकारको उत्पादन गर्नेे लक्ष्य रहेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले लैङ्गिक समानाताको विषय महिला र पुरुषबीच रहेका विभेद हटाउनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यस क्षेत्रमा थप बहस चलाउन आग्रह गर्दै न्यूनतम पारिश्रमिक तथा नियुक्तिपत्र विना काममा लगाउने सञ्चार गृह विरुद्ध आन्दोलन गर्ने बताउनुभएको छ ।
महासंघको महिला समितिद्वारा आयोजित उक्त कार्यक्रममा नानिमैया विष्ट (प्रयास साप्ताहिक मकवानपुर), गगनशिला खड्का (नारी खबर डटकम) र मन गहिरे जनचेता साप्ताहिक (पाल्पा)पुरस्कार प्रदान गरियो । सञ्चारमा लैङ्गिक समानता र अवसर सम्बन्धी १७ वटा लेख रचना प्राप्त भएकोमा उत्कृष्ट तीनवटालाई पुस्कृत गरिएको थियो ।
कायक्रममा महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य,महासंघका उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा लगायत आफ्नो धारणा अभिव्यक्त गर्नु भएकोे थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।