बिहिबार, बैशाख २०, २०८१

जनादेशले पार्टीको साइज तोकेपछि जुट्दै फुट्दै आइरहेका पुर्वपञ्चहरु फेरि एकाकार हुने प्रयासमा

 एकता पछि  पार्टीको नाम राप्रपाको  सत्ता  नेपाली जनता पार्टी नामाकरण  गर्दै अस्तित्वमा आउँने तयारी 

काठमाडौं फागुन २७,  प्रजातन्त्र पुर्नस्थापनाको पछिका समयमा यो वा त्यो नाममा मुलुकको शासनसत्ताको बैकल्पिक धार बन्दै आएको पुर्व पञ्चको पार्टी राप्रपा यसवीचमा शासनसत्ताकै रजगजमा पुग्ने अभिष्टका कारण पटकपटक जुट्दै फुट्दै आइरहेका छन ।  पछिल्लो समय मुलुकलमा जनताको जनमत विना घोषणा गरिएको धर्म निरपेक्षताको मुद्धा उठान गरेकै कारण तत्कालीन  निर्वाचनमा समेत सम्मानजनक स्थान बनाएका राप्रपाले पछिल्लो पटक अर्थात मुद्धाबाट विचलित हुँदै शासनसत्ताकै रजगजमा रूमलिन थालेपछि मुलुकमा सम्पनन तीन तहको निर्वाचनमा   जनताले अवसरवादीको संज्ञा सहित सम्पन तिन तहको निर्वाचनमा भने साइज तोकिदिएका छन ।

एकातर्फ जनादेश अर्को तर्फ विचलित मानसिकताका कारण राजनीतिमा कमजोर साबित भएपछि एकिकृत शक्तिको विकल्प नभएको निष्कर्ष सहित फेरि यि ३ गुटमा विभाजित राप्रपा हरु लागि एक हुने प्रयासमा जुटेको थाहा भएको छ ।  पशुपति राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक,डा।प्रकाशचन्द्र लोहोनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र  कमल थापाले नेतृत्व गरेको राप्रपाबिच एकताको विकल्प नभएके भन्दै पार्टीको शिर्ष तहका नेताहरु एकताको प्रयासमा चरणगत छलफमा जुटेको हो ।

सम्वद्ध सूत्रका अनुसार छलफलको क्रममा नेताहरुले अव एकता भयो भने पार्टीको नाम राप्रपाको सत्ता  नेपाली जनता पार्टीको अस्तित्वमा आउँने र  पार्टी एकतापछि बन्ने नेपाली जनता पार्टीको अध्यक्ष कमल थापा हुनेछन् भने राणा राष्ट्रिय अध्यक्ष र लोहनी निर्देशन समिति अध्यक्षको जिम्मेवारी लिने समेत तहगत छलफल भइरहेको बताईएको छ । त्यस्तै झुण्ड झुण्डमा विभाजित हुनु भन्दा नया पार्टीमा गोलवद्ध भइ नयाँ शिराबाट मुलभुत मुद्धामा केन्द्रीत हुँदै जनादेशको सम्मानमा हिन्दूराष्ट्रका लागि जनमत संग्रहको लागि दबाब सिर्जना गर्ने लक्ष्य निर्धारण गर्ने योजना समेत बनाएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728