शनिबार, बैशाख १५, २०८१

राहतमा ढिलाई हुनु दुर्भाग्य: मन्त्री साह

काठमाडौं श्रावण ३०,  सहरी विकास मन्त्री प्रभु साहले रौतहट र सर्लाहीका सोमबार स्थलगत अबलोकन भ्रमण गर्दै बाढीले जनताको विचल्ली भइरहेको अवस्थामा IMG_2598 IMG_2599IMG_2767पनि राज्यको उपस्थिति न्यून रहनु दुर्भाग्यपूर्ण भएको बताउँनु भएको छ ।
त्यस्तै मन्त्री साहले विपदको विषम परिस्थतीको यस घडीमा पीडितहरुले एकअर्कालाई गरेको सहयोगको सराहना गर्नुहुँदै ‘आफ्नो घर पुरै डुबीरहेको छ, तैपनी अर्काेलाई सहयोग गरिरहनु भएको छ, यो धेरै सराहनीय कार्य हो भन्दै पिडित जनतालाइ सिधै राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई स्थानीय बजारबाट तुरुन्तै राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  मन्त्री साह नेपाली कांग्रेस र नेकपा एमालेका सांसद सहित सोमबार रौतहट र सर्लाही पुग्नुभएको हो ।

‘बाढी र डुबानका कारण पूरै तराई प्रभावित भएको छ त्यसमा पनि रौतहटको स्थिति अझै भयावह रहेको जनाउ दिदै उहाँले स्थानीय सरकारी अधिकारीलाई भौतिक पूर्वाधारको स्थिति खास गरी नदि कटान र सडक यातायातलाई विशेष ध्यानमा राखेर कार्य अगाडि बढाउन निर्देशन समेत दिदै सरकारले तत्काल पीडितहरुलाई उद्धार, राहत र सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिको यकिन विवरण प्राप्त भएपछि त्यसको विशेष सम्बोधन गरिने बताउँनु भएको छ ।