शुक्रबार, बैशाख ७, २०८१

महोत्तरीमा बाढीमा मृत्युहुनेको संख्या ४ पुग्यो

मनोज झा मुक्ति /महोत्तरी ३१श्रावण,   केहि दिन यताको अविरल वर्षापछि आएको वाढीको कारण मंगलवारसम्ममा महोत्तरीमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । Captureमंगलवार बाढीको पानीमा करेन्ट लागेर महोत्तरी–७, भंगहाका ४० वर्षीय महेश सिंहको मृत्यु भएको नेपाल प्रहरी महोत्तरीका प्रहरी उपरिक्षक कुवेर कडायतले जानकारी गराउनु भएको छ ।

त्यस्तै जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठक बाढी गएको ३ दिन पछि बसेको छ । बैठकले सूची संकलनगरी यथाशिघ्र एकद्वार प्रणालीबाट पीडितलाई राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । सोमवारदेखि महोत्तरी आइपुग्नु भएका प्रमुख जिल्ला अधिकारीले सहयोगी हातहरु अगाडी आउन अनुरोध गर्नुभएको छ ।  महोत्तरीमा वाढीका कारण अहिले सम्म ३४७ घर पुर्णरुपमा क्षतिग्रस्त भएको, ३१ सय घर डुबानमा परेको, ४० हजार परिवार पीडित बनेको र प्रत्यक्षरुपमा २ लाख व्यक्ति प्रभावित भएको प्रहरीले जनाएको छ । बाढीको समयदेखि नै सशस्त्र प्रहरी, जनपद प्रहरी र नेपाली सेना लगायतका सुरक्षा निकाय सक्रिय रहदै जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031