शनिबार, बैशाख १५, २०८१

युवा नेता रिजाल मधेश प्रदेश सदस्यमा मनोनित

लालबन्दी माघ २१,
नेपाली कांग्रेस लालबन्दी  ५, का क्षेत्रीय प्रतिनिधि एवम् नगर बिकाश कोषका पूर्व अध्यक्ष ध्रुव रिजाल नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमिति सदस्यमा मनोनित भएका छन् । युवा नेता रिजालाई शुक्रवार कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले मनोनयन पत्र प्रदान गरेका हुन् ।

प्रदेश कार्य समितिमा हाल ७२ जना निर्वाचित भएर आएका छन् । नेपाली कांग्रेसको विधानमा निर्वाचित सभापतिले ३३ प्रतिशत महिला सहभागीतासहित २० प्रतिशत प्रदेश कार्यसमितिमा थप गर्न पाउने विधानत व्यवस्था अनुसार आफुले युवा नेता रिजाललाई मनोनयन गरेको मधेस प्रदेश सभापति कृष्ण यादवले जानकारी दिए ।

सभापति यादवले प्रदेश कार्य समिति भर्खरै निर्वाचित भएर आएको र कार्यालय व्यवस्थापनको काम भईरहेकाले बाकी सदस्यको मनोनयन बिस्तारै हुदै जाने बताए । अअजै मनोनयन पत्र बुझेका युवा नेता रिजालले राजनीतिको माध्यमबाट समाजसेवा गर्ने आफ्नो उद्देश प्राप्तिमा यसले थप मद्दत पुर्‍याको बताए ।

निर्माण ब्यबसायी समेत रहेका नेता रिजालले यश अघि हेटौडा सिमेन्ट उद्योग,बुटवल धागो कार्खाना, राष्ट्रिय नाचघर,बुटोल टेक्निकल ईन्स्टिच्युट,बस्ती बिकाश,गुठी संस्थान,गिरिजाप्रसाद कोईराला श्वासप्रश्वास केन्द्र,नगर बिकाश कोषको लगायत झण्डै एक दर्जन संघ संस्थामा अध्यक्ष तथा कार्यकारीको पदमा रहेर काम गरिसकेका छन् ।