शनिबार, बैशाख ८, २०८१

उपत्यकामा ७४५ नयाँ संक्रमति थपिएसंगै संक्रिय संक्रमितको सख्या २९ हजार पुग्यो

काठमाडौं माघ २१ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षण पुष्टि भएका २ हजार ५२६ जनामा सङ्क्रमित मध्ये काठमाडौं उपत्यकामा ७४५ जना नया संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसरी थपिएका संक्रमित मध्ये काठमाडौं ५७०, लतिलपुर १२० र भक्तपुर ५५ जनामा सङ्क्रमण पुष्टि रहेको जनाएको छ ।

साथै मन्त्रालयले योसँगै काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ३, ललितपुरमा ९ हजार ३५१ र भक्तपुरमा ३ हजार ८२९ रहेको समग्रमा उपत्यकामा कोभिडका कारण ३ हजार ४५४ जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै पछिल्लो समय भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ रहेको छ भने आइसियूमा २४३ रहेको छ ।