बिहिबार, बैशाख १३, २०८१

स्रोत नखुलेको नगद सहित भगत पक्राउ

रौतहट असोज २६,

जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका १ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँ सहित भारत सितामढी बैरगिनिया ६ बस्ने ३६ वर्षीय राज कुमार भगतलाई बुधबार पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० भी ०५३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक भगतलाई पक्राउ गरेको जिप्रका रौतहटले जनाएँदै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको
छ।