आइतवार, जेष्ठ १४, २०८०

सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

 सिन्धुली जेठ ६,
हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आयोजित सो जातीको दोश्रो साधरण सभामा सहभागी मौदगल्य गोत्रीय मुडुला कार्कीहरुले आफ्नो कुलको रक्षा गर्न र भाइबन्धुको एकता कायम राख्न कार्कीहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका केन्द्रीय सदस्य शंकर कार्की,जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की लगाएतले कार्की क्षेत्रीहरुको वलीदानीपुर्ण र पुरुषार्थपुर्ण ईतिहासको कदर गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
सो अवसरमा मुडुला कार्की कुलायन व्यवस्था समिति नेपालका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर कार्की,जिल्ला अध्यक्ष केदारकुमार कार्की,उपाध्यक्ष जितबहादुर कार्की,सचिव लोकबहादुर कार्कीको समेत सहभागिता रहेको थियो ।

सिन्धुली जिल्लाको कमलाखोच, सुनकोशी, गोलान्जोर,तीनपाटन र कमलाामाई क्षेत्रमा मुडुला कार्कीहरुको अत्यधिक बसोवास रही आएको छ । सो कार्यक्रममा भुवन कार्कीको अध्यक्षतामा कमलामाई नगर समितिको समेत गठन गरिएको जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930