शनिबार, अशोज ६, २०८०

शारीरीक रुपमा असक्त कर्ण दाजु बहिनीको प्रयोजनका लागि स्पाईनिङ्ग मेसिन

लालबन्दी साउन १४,
नेपाली काँग्रेस मधेश प्रदेश समितिका सदस्य एवम् समाजसेवी युवा नेता ध्रुव रिजालले शारीरीक रुपमा असक्त लालबन्दी ५ रन्जितपुरका विवेक कर्ण र आशा कर्णलाई १ लाख बढी मूल पर्ने स्पाईनिङ्ग मेसिन प्रदान गरेका छन् ।

समाजसेवामा सक्रिय युवा नेता रिजालले शनिवार विहान वडाअध्यक्ष मिन प्रसाद ढुंगेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका वीच उक्त मेशिन विरामीका बुबा अनिल कर्णलाई प्रदान गर्नुभएको हो ।

कर्ण दाजु बहिनी विगत ७ वर्षदेखि दुर्लभ रोग स्पाईसि सिटीबाट ग्रसित छन् । उनीहरुको शारीरीक व्यायामका लागि सहयोग पुर्याउने उदेश्यले आफूले मानवीय भावनाले स्पाईनिङ्ग मेसिन प्रदान गरेको नेता रिजालले बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै उहँँले गत स्थानीय चुनावका बेला घरदैलोका क्रममा आफूलाई शिक्षा दिने गुरुकै नाती नातिनी असक्त भएको देखेपछि बिरामीको शारीरीक व्यायाममा सहयोग होस् भन्ने उद्देश्यले उक्त मेशिन प्रदान गरेको बताउँदै यो कुनै राजनीतिक स्वार्थ र उद्देश्य प्रेरित नभएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमकी प्रमुख अतिथी लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनले असक्तहरुका लागि सहयोग सामाग्री वितरण गरेको भन्दै, समाजसेवी नेता रिजालको प्रसंशा संगै आगामी दिनमा पनि नगरका गरीब, निमुखा असहाय, अपाङ्ग, महिला तथा बालबालिकाहरुको सहयोगमा निरन्तर लागिरहन पनि आग्रह गरिन् ।

सहयोग स्वरुप स्पाईनिङ्ग मेसिन पाएपछि निकै राहत महसुस भएको विरामीका बुबा अनिल कर्णले छोरा विवेक र छोरी आशाको अहिले सम्म रोगै पत्ता लाग्न सकेको छैन । उनले निको हुने आशामा एपोलो, मेदान्त लगायत भारतका दर्जन बढी अस्पतालहरुमा उपचार गराउँदै पनि रोगको पहिचान हुन नसकेको बताउँदै मेसिनको लागि नेता रिजाललाई धन्यवाद दिनुभयो ।

स्पाईनिङ्ग मेसिन हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका उपसचिव ईन्द्र योन्जन, क्षेत्र नम्बर १ प्रदेश खका सभापति सीताराम दाहाल, महाधिवेशन प्रतिनिधि दिपक अधिकारी, लालबन्दी नगरसभापति प्रशान्त आचार्य,नेताहरु नारायण गुर्मछान्, राकेश ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930