बिहिबार, बैशाख १३, २०८१

४३८ सङ्क्रमितको पहिचान, २ को निधन

 काठमाडौं साउन १४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ४ सय ३८ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले १हजार ७७९ को पीसीआर परिक्षणको क्रममा २९२ र १ हजार ९२० एन्टिजेन परीक्षणको क्रममा १४६ गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको जनाएको छ ।

त्यस्तै पछिल्लो समय देशैभर ४तीन सय ६९ जना सक्रिय सङ्क्रमित रहेको जनाउँदै यसवीचमा २ ७७ जना सङ्क्रमणमुक्त भएको जनाएको छ। यस्तै सङ्क्रमणबाट २ जनाको निधन भएको जनाउँदै संक्रमणका कारण मृत्युहुनेका सख्या अहिलेसम्म ११ हजार ९ सय ६६ पुगेको जनाएको छ। साथै ३३ जना सङ्क्रमितको आइसीयूमा र भेन्टिलेटरमा ४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।