शुक्रबार, चैत्र १६, २०८०

आज खीर खाएर साउन १५ मनाउँदै

काठमाडौं साउन १५ ,

आज साउन् महिनाको १५ गते अर्थात । दुग्ध पदार्थबाट बनाईएको खीर खाने दिन । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा अनुरुप आजको दिन यत्र तत्र सर्वत्र खीर खाएर साउन १५ मनाउँदैछन् ।

नेपाली सस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई अनुरुप आज तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने परम्परा रहिआएको छ ।

त्यसोत साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन रहिआएको बताइन्छ ।