शनिबार, बैशाख १५, २०८१

स्थायी कमिटी बैठक: संविधान संशोधनको प्रस्ताव पारित हुन नदिने एमालेको निर्णय

प्रदेश नं २ को स्थानीय तह निर्वाचनको तयारीमा व्यवस्थित ढङ्गले लाग्न मातहत कमिटीलाई निर्देशन

काठमाडौं आषाढ २७, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमवार सम्पन्न स्थायी कमिटी बैठकले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइने निर्णय गरेको छ ।
xSC,P20Statement,P20-,P20Asar,P2026,P20copy.jpg.pagespeed.ic.8Aky1rE088पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेलाइ पाखालगाउँन अनेकौ परिपञ्च गरेपनि जनताको अपार मायाका कारण स्थानीय तह निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा एमालेले निर्वाचनमा सफलता प्राप्त गर्न नसकेको स्थानीय तहको समीक्षा गर्दै १५ दिनभित्र सम्बन्धीच स्थानीय तहका  जिम्मेवार कमिटलाइ केन्द्रमा प्रतिवेदन पठाउन प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिनुको अलावा आगामी आश्विन २ गतेका लागि तय गरिएको प्रदेश नं २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको तयारीमा व्यवस्थित ढङ्गले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको जनाइएको छ ।

त्यस्तैगरि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगले आगामी श्रावण १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने सूचना री भएका सन्दर्भमा सोहीअनुसार योजनाबद्ध रुपमा लाग्न समेत मातहत कमिटीलाई निर्देशन दिएका छन ।