बुधबार, बैशाख १२, २०८१

माओवादी केन्द्रको विस्तारित बैठक बस्दै

मुलुकको पछिल्लो राजनीतिक अवस्थामा नितिगत छलफल हुँने

काठमाडौं श्रावण २, सत्तारुढदल माओवादी केन्द्रको विस्तारित बैठक आज बस्दैछ । आज बस्ने बैठकमा मुलत स्थानीय तहको निर्वाचनको समीक्षा, सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्ने तयारी रहेको माओवादी केन्द्रले जनाएको छ ।  त्यस्तै बैठकमा ७५ वटै जिल्ला perisdanda-UCPN_815132376समितिका इन्चार्ज वा अध्यक्षको सहभागिता रहने जानकारी दिदै पार्टी प्रवक्ता पम्फा भुसालले ७५ वटै जिल्ला समितिका अध्यक्षले आफ्नो जिल्लाको समग्र अवस्थाका बारेका पार्टी नेतृत्वलाई जानकारी गराउँदै अव अपनाउँनु पर्ने रणनीतिको सवालमा सुझाव सहित छलफल हुने जानकारी दिनु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सरकारात्मक नआएको पक्षमा घनीभुत छलफल सहित आसन्न प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत बैठकमा छलफल हुने बताईएको छ ।

त्यस्तै बैठकमा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने गर्नुको अलावा मौजुदा सरकार विस्तार, संविधान संशोधन, प्रदेश र संघीय संसद्को निर्वाचनको तयारीका बारेमा समेत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।