शनिबार, बैशाख ८, २०८१

सत्तारुढदल सरकार विस्तारका लागि मन्त्रालयको भागवण्डा मिलाउँदै

काँग्रेसले १२ र माओवादीले ८ मन्त्रालय र बाँकी मन्त्रलायले अन्य दललाइ दिने तयारी

काठमाडौं आषाढ २२ , सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरुले लिने गरी भागबण्डा मिलाउने अन्तिम तयारी सहित मन्त्रिपरिषद् pm-office-11012017102857-600x0विस्तार गर्ने तयारीमा जुटेका छन ।  मन्त्रिपरिषद् विस्तार र दलिय भागवण्डाका लागि बुधवार दुई दलीय कार्यदल अर्थात काँग्रेस नेता विमलेन्द्र निधि, अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णवहादुर महरा र नेता बर्षमान रहेको कार्यदल बैठकले तयार पारेको मन्त्रालय बाँडफाँडको खाकालाई आफ्ना नेतासँगको छलफलपछि अन्तिम रुप दिने तयारी गरेको थाहा भएको छ।

प्रस्तुत खाकाका सवालमा सम्वद्ध स्रोतले जनाए अनुसार काँग्रेसले १२ र माओवादीले ८ मन्त्रालय लिने त्यस्तै विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई ३, नेकपा सयुक्तलाई १ र अन्य साना दलका लागि २ मन्त्रालय दिने तयारी रहेको थाहा भएको छ । त्यस्तै यसवीचमा संघीय समाजवादी फोरम सरकारमा आउने संकेत देखिएका कारण ३ मन्त्रालय संघीय समाजवादी फोरमको नाममा दिने सरकारको तयारी रहेको समाचार स्रोतले जनाएको छ ।