शनिबार, बैशाख १५, २०८१

आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड आषाढ ३१ , समाजसेवी कृष्णकुमारी पोखरेलको ८६औँ जन्मजयन्तीको अवसर पारेर उनका छोराबुहारी राजकुमार पोखरेल र मीना पोखरेलले पत्रकार Captureसहारा उपचार कोषका लागि एक लाख १ सय १ रुपैयाँ प्रदान गरेका छन् ।

पोखरेल दम्पत्तिले आमा कृष्णकुमारीको स्मृतिमा पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई शनिवार उक्त रकम प्रदान गरेको हो ।

रकम हस्तान्तरण समारोहमा आमा कृष्णकुमारीले आफ्नो मात्रै माता नभएर बिर्तामोडबासीकै अभिभावक र माताको रुपमा भूमिका निर्वाह गरेको राजकुमारले स्मरण गराए ।  माताको जन्मजयन्तीको अवसर पारी पुनित कर्म गर्ने र समाजमा योगदान पुर्‍याउन पत्रकार उपचार कोषमा सहयोग हस्तान्तरण गरिएको बताउँदै कोषको सही सदुपयोग गर्न समेत उनले सुझाव दिए ।  महासंघद्दारा एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्यका साथ स्थापना गरिएको उक्त कोषमा हालसम्म २७ लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ ।