शुक्रबार, चैत्र १६, २०८०

क्यान्सर रोगी भुजेलको रोदन, म बाँच्न चहान्छु भन्दै सहयोगका लागी गरे अपिल

संखुवासभा श्रावण १७ ,  आर्थिक अभावका कारण उपचारको अभावमा छटपटाईरहेका संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेलले bhujelआफनो उपचारका लागी आर्थिक सहयोगका लागी सबैसँग अपिल गरेका छन । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ ।

क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ । भुजेलका उपचारका लागी ५ लाख खर्च आबश्यक रहेको उनकी श्रीमतीले भक्कानिँदै जनाएकी छिन आर्थिक अभावका कारण उपचार संभव नभएको र अस्पताल सम्म जाने अबस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागी मनकारीहरु सँग अपिल समेत गरेको छ ।

आफु अत्यन्तै बिपन्न भएका कारण उपचार सम्भव नभएको र आफु बाँच्न चाहेको उनले बताएका छन । भुजेल लाई सहयोग गर्न चहान इच्छुहरुले ९८०५३६८४५३मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन । साथै Bank Of kathmandu Ltd  इटहरी शाखा सुरेश चन्द्र दाहालको नाममा रहेको खाता नम्बर  031300000590524  मा सहयोग गर्न उनीहरुले अपिल समेत गरेका छन । प्राप्त सहयोग रकम अनलाईन मार्फत सार्बजनिक समेत गरिने प्राप्त समाचारमा उल्लेख गरिएके छ ।