शनिबार, बैशाख १५, २०८१

मोर्चाद्वारा सरकारलाइ दिदै आएको समर्थन फिर्ता , आन्दोलनका थप कार्यक्रम सार्वजनिक

काठमाडौ चैत ३ संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज बसेको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक आन्दोलनका कार्यक्रम अन्र्तगत चैत ४ देखि २१ गते सम्म जनअवज्ञा तथा असहयोग आन्दोलन, सबै जिल्ला सदरमुकाममा श्रद्धाञ्जलिसभा, माइतीघर Captureमन्डलामा दीप प्रज्वलन तथा विभिन्न सहरमा जनप्रदर्शन र विरोधसभालगायत कार्यक्रम रहेका छन ।

यसैवीच मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकारलाइ दिदै आएको समर्थन औपचारिकरुपमा फिर्ता लिएका छन् । मोर्चामा आवद्ध तमलोपा , सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र सभामुख ओनसरी घर्तीलाइ बुझाउँदै उनिहरुले समर्थन फिर्ता लिएको हो ।

सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधन सम्बन्धी दिइएको सातदिने अल्टिमेटम पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ ।