शुक्रबार, चैत्र १६, २०८०

मोर्चाद्दारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ चैत्र १, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तमलोपाको केन्द्रीय कार्यालय बिजुलीबजारमा Captureआज दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा बैठकले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन सरकारसँग माग गरेको मागको सवालमा सरकारले कुनै सुनवाइ नगरेको भन्दै आजदेखि सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको जनाईएको छ ।