सोमवार, बैशाख १७, २०८१

संविधान संशोधनका लागि एमाले पनि सहमतिमा आउने वरिष्ठ नेता पौडेलको विश्वास

काठमाडौ कात्तिक १६,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार बोहोराटार स्थित आफ्नै निवासमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग  कुराकानी गर्ने क्रममा – मुलुकको समस्या समाधानका लागि दलहरु मिल्नुको विकल्प नभएको जनाउ दिदै संविधान संशोधनका लागि एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गनर्सको अलावा कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताउनुभएको छ ।

यसका लागि संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन सरकार लागेको जनाउ समेत दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।