बुधबार, जेष्ठ २, २०८१

शिर्ष नेतात्रयको बैठक, सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने नितिगत सहमति

काठमाडौ कार्तिक १०,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा आज बसेको प्रमूख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको three-lederबैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

शिर्ष नेतात्रयको आजको बैठकमा मुलत अख्तियार प्रमुख लोकमानसिंह कार्काी विरुद्ध व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव, संविधान संशोधन र निर्वाचन लगायतका विषयमा भएको छलफलमा उहाँहरुवीच प्रस्तावित सवै प्रसंगमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको बताईएको छ ।