सोमवार, बैशाख १७, २०८१

वीहिवारबाट सर्वाधिक पुरस्कार राशिको धर्मश्री शारिरीक सुगठन प्रतियोगिताको प्रि–जजिङ्ग राउन्ड सुरु

काठमाडौ आश्विन १२ , नेपाल व्यायाम मन्दिरद्वारा प्रत्येक २ वर्षमा आयोजना गर्दै आएको शारिरीक सुगठन प्रतियोगितामध्येको सर्वाधिक पुरस्कार राशिको धर्मश्री शारिरीक सुगठन 2e758a44458d4c6fe0ad0436f07963acप्रतियोगिताकोे प्रि–जजिङ्ग राउन्ड विहिवारबाट हुने भएको छ ।  प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा हुने १४ औं संस्करण अन्र्तगत प्रि–जजिङ्ग राउन्डमा क्रमस ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथि गरी कुल ७ तौल समूहमा प्रतिस्पर्धा गराइने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा प्रत्येक तौल समूहमा पहिलोदेखि सातौंसम्मको स्थान हात पार्ने खेलाडीले शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने फाइनल चरणमा प्रवेश गर्ने र फाइनल चरणबाट धर्मश्रीको उपाधि पाउने खेलाडीलाइ रु ५ लाखसहित मेडल र ट्रफी प्रदान गरिने उल्लेख गरिएको छ ।