शनिबार, बैशाख १५, २०८१

९ अंक सहित ललितपुर सुपर लिग एनएसएलको शीर्ष स्थानमा

काठमाडौं मंसिर २५ ,
नेपाल सुपर लिग एनएसएल अन्र्तगत आइतवार भएको खेलमा चितवनलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।

खेलको १९ औं मिनेटमा पापा इबु केबेको गोलमा ललितपुरले खेलमा अग्रता बनाएको थियो । खेलमा विवेकले ५७ औं मिनेटमा हेडमार्फत आएको बललाई भली प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।

खेलको अन्तिम मिनेटमा राफिक अमिनोले ललितपुरका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा गोल गर्दै चितवनलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर इन्जुरी समयमा प्राप्त पेनाल्टीमा पापा इबु केबेले पेनाल्टीमा गोल गर्दै ललितपुरको जित सुनिश्चित गरेको हो ।

खेलको दौरान दोहोरो पहेलो कार्ड खादै उत्सव राईले इन्जुरी समयमा मैदान छाडेका थिए । दुवै टिमले खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेका थिए भने एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए । चितवनमाथिको जित संगै ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ।