बुधबार, जेष्ठ २, २०८१

अव नेपालमा पनि बेसवल प्रतियोगिता

 काठमाडौं आश्विन ७, सन् २०२० को ओलम्पिकमा समावेश हुने निर्णय भएको बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै द गोर्खा क्र्यु क्लवको आयोजनामा शुरु भएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार आश्विन ११ गतेबाट सुरु हुने यस प्रतियोगिताको आयोजनासंगै बेसवलले नेपालमा पनि मुर्त रुप लिने विश्वास गरिएको हो ।
sequence-01१५ वर्ष उमेर समुहका विच खेलाईने प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ ।

नकआउट चरणमा खेलाईने खेल जुनियर लिगको नियमानुसार ५ इनिंगमा खेलाईने छ । नेपाल बेसवल तथा सफ्टवल संघ, गोलपोष्ट, सिंगापुर इन्टरप्राईजेज को सहयोगमा हुने उक्त प्रतियोगिताका खेलहरु अमेरीकी राजदुतावासको खेल मैदान फोहरा दरवार, पाटन संयुक्त क्याम्पस, नेपाली सेना लगनखेल र पुल्चोक क्रिकेट मैदानमा हुने क्लवका अध्यक्ष दिनेश बजगाँईले जानकारी दिनुभयो ।  यस प्रतियोगिताले नेपालमा वेसवल को दक्षता प्रदर्शन भई खेलको विकास एवम् विस्तार हुन सहयोग पुग्ने पनि बजगाँईले वताउनुभयो । यस प्रतियोगितालाई सहयोग गर्न संयुक्त राज्य अमेरीकाबाट प्रतिनिधि मण्डल समेत आउने भएका छन् ।