शनिबार, बैशाख १५, २०८१

नेपाल सुपर लिग एनएसएल लिग: काठमाडौं ८ अंक सहित लिग तालिकाको तेस्रो स्थानमा

काठमाडौं मंसिर २६,
नेपाल सुपर लिग एनएसएल अन्र्तगत सोमबार भएको काठमाडौं रेजर्सले पोखरा थन्डर्सवीचको खेलमा काठमाडौं रेजर्सले पोखरा थन्डर्सलाई पराजित गर्दै काठमाडौं ८ अंक सहित लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पोखरा थन्डर्स र काठमाडौं रेजर्सवीच भएको खेलको ५७ औं मिनेटमा पोखराका आयुश घलानले गोल गर्दै पोखरालाई अघि बढाएका थिए । खेल सकिन ८ मिनेट अघि काठमाडौंको तर्फबाट भएको गोलका कारण खेल बराबरी भएको थियो । त्यस्तै खेलको इन्जुरी समयमा काठमाडौंका शोख्रुक महामदजोजियवले थप अर्को गोल गर्दै काठमाडौंको जितलाइ २-१ को गोअन्तरमा शुनिश्चित गरेको हो ।

लिग तालिका अनुसार ललितपुर सिटी एफसी ९ अंक सहित शीर्ष स्थानमा रहदै गर्दा धनगढी ८ अंक सहित दोस्रो र काठमाडौं ८ अंक सहित लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।