बिहिबार, बैशाख २७, २०८१

एनसेलको सेयर बिक्री प्रकरण: उच्च अदालत पाटनमा पुस २ गते दुवै पक्षको सुनुवाइ हुने

काठमाडौं मंसिर २५,
बहुचर्चित एनसेलको सेयर बिक्री प्रकरणमा उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशका सम्बन्धमा पुस २ गते दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको छ ।

उच्च अदालत पाटनले गत शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो । तर एनसेलले आइतबार आफ्नो कार्यालय बिदा रहेको भन्दै आज मात्रै अदालतको आदेश बुझेकाले उच्च अदातलले सुनुवाइका लागि पुस २ गतेको नयाँ मिति तोकेको हो ।

गोकुलबहादुर रोकायाले कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, धितोपत्र बोर्ड, आजियटा समूह लगायतलाई विपक्षी बनाउँदै उच्च अदालत पाटनमा दायर रिट माथि सुनुवाइ गर्दै अदालतले अर्को आदेश नभएसम्मका लागि खरिद-बिक्री भएका एनसेलका सेयरहरु दर्ता किताबमा दर्ता नगर्नरनगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।