शनिबार, बैशाख १५, २०८१

सत्यनारायणबहादुर स्मृति मिडिया फुटसलको उपाधी चितवनलाइ

 काठमाडौं पुस १० ,

नेवाः पत्रकार राष्ट्रिय दबु [एनएफएनजे]ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।

आदर्श विद्या मन्दिर [एभिएम] विद्यालयस्थित फुट्सल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ को गोलअन्तरमा पराजित गरेको हो । चितवन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले चार–चार गोल गरेका थिए ।


प्रतियोगितामा समूह मा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह बी मा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका थिए । समूह एबाट नेवाः कलाकार विजेता र आयोजक एनएफएनजे उपविजेता ता बनेर सेमिफाइनल पुगेका थिए ।

प्रतियोगिताको उद्घाटन ललितपुरमहानगरपलिका वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गर्नुभएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले यसपटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो । आगामी पुस १३ गते मनायने श्रेष्ठको १०८ औँ जन्मोत्सवको अवसरमा मिडिया कपको विजेता, उपविजेता टिमहरुलाई पुरस्कृत गरिने नेवाः पत्रकार राष्ट्रिय दबुले जनाएको छ ।