बिहिबार, बैशाख २७, २०८१

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं पुस १० ,
प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले मङ्गलबार अपराह्न ५ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

यसअघि प्रधानमन्त्रीको सम्बोधन गर्ने कार्यक्रम अपराह्न ३ बजे तय भएको भएपनि पद्धि समय परिवर्तन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन मुलत गत वर्ष अर्थात २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको र यसवीचमा सम्पादन भएक कामकारबाही र आगामी योजनाका विषयमा केन्द्रीत हने बताइएकोछ ।