शनिबार, बैशाख १५, २०८१

धनगढी र इलामले अंक बाँड्दै गर्दा काठमाडौं ५ अंक सहित तालिकाको पाँचौं स्थानमा

काठमाडौं मंसिर २४,

नेपाल सुपर लिग एनएसएलमा शनिबार धनगढी एफसीले स्पोर्टिङ इलाम वीच भएको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा २–० ले पछि परेको धनगढीले इलामसँग २ः२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । दोस्रो हाफ पछि खेल उल्ट्याउँदै धनगढी शीर्ष स्थानमा फर्किएको छ । पोखरा थन्डर्ससँग अंक बराबरी गरेको धनगढी गोलको आधारमा शीर्ष स्थानमा उक्लिएको हो । ४४ औं मिनेटमा फोडे कामाराले गोल गर्दै इलामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा उमर थियोमले गोल गर्दै इलामको अग्रतालाई दोब्बर बनाएका थिए ।

यसैवीच  शनिबारनै भएको अर्को खेलमा बुटवलले काठमाडौंलाई २–१ ले हराएको हो । बुटवलले २८ औं मिनेटमा स्टेफन सामिर बिनोङको गोलमा लिएको थियो । पहिलो हाफमा १–० ले अघि बढेको बुटवलका लागि दोस्रो हाफमा एरिक विष्टले गोल गर्दै बुटवलको अग्रतालाई २–० मा पुर्याएका थिए । कप्तान एरिकले गोल गर्न सफल भएका थिए । खेलको इन्जुरी समयमा राजिव लोप्चनले गोल गरेपनि काठमाडौंको अग्रस्तादिन भने सकेनन् ।

काठमाडौंका केही सुन्दर अवसर बुटवलका गोलकिपर मोहमदुले विफल पारेका थिए । काठमाडौंलाई हराउँदै बुटवल लुम्बिनी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ५ अंक सहित तालिकाको पाँचौं स्थानमा झरेको छ ।