बुधबार, बैशाख २६, २०८१

पशुपतिमा बालाचर्तुदशी पर्वका लागि आवश्यक सम्पूर्ण तयारी पूरा

१३ बुँदे आचार सहिंता जारी

काठमाडौं मंसिर २३,
पशुपति क्षेत्र विकास कोषले मंसिर २४ गते रातिदेखि २५ गते मनाइने बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा बालाचर्तुदशीको अवसरमा आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने परम्परा रहिआएको छ।
कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले “नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जानारी दिदै बालाचतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाड–रक्सी र अन्य नशालु लागू पदार्थ सेवन तथा बिक्रीरवितरणमा रोक लगाइएको जानकारी दिएको छ ।

साथै कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सभावनालाई मध्यनजर गरी बहुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गर्दै शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध समेत गरेको छ ।