शनिबार, बैशाख १५, २०८१

मध्यपुर थिमि नगरपालिका वडा लिग: वडा नं. १ र ८ को खेल बराबरीमा

 भक्तपुर फागुन ४,

खेल सकिन एक मिनेट बाँकी छँदा आशिष कवेले गरेको गोलको मद्दतले मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलमा वडा नं. १ ले वडा नं. ८ लाई शुक्रवार बराबरीमा रोक्न सफल भएको छ ।
एक गोलले पछि परेको अवस्थामा आशिषले खेलको ८९ औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण एक अंक दिलाए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
यसअघि दिपक बाँसले खेलको ११ औं मिनेटमा गोल गर्दै वडा नं. ८ लाई अग्रता दिलाएका थिए । प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर खेर फालेका थिए ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिस्थित खेल मैदानमा जारी फुटबल लिगमा शनिवार दुई खेल हुनेछ । पहिलो खेल साढे १२ बजे वडा नं. २ र ५ बीच र दोस्रो खेल साढे ३ बजे वडा नं. ६ र ४ बीच हुनेछ ।