बुधबार, बैशाख २६, २०८१

पौडेल आयोगले बालकुमारी घटनाको जाँचबुझपछि बुझायो सरकालाइ प्रतिवेदन

  • प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भने- आयोगले जाँचबुझ पहिचान निष्कर्षलाई कार्वान्यवन गछौं
  • मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको निष्कर्षसंगै मन्त्री ज्वाला नगएको भए घटना हुने सम्भावना न्यून रहेको आयोगको जिकिर
  • घटनामा बल प्रयोग गर्ने अधिकृतहरुलाई विभागीय कारबाहीको सिफारिससंगै प्रमुख जिल्ला अधिकारी र ललितपुरका प्रहरी प्रमुखलाई सचेत गराउन सिफारिस

काठमाडौं फागुन  ४, 

अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु प्रकरण अर्थात बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा गठित आयोगले आज आफ्नो प्रतिवेदन सरकालाइ बुझाएको छ।

 ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर गत पुस १३ गते भएको प्रदर्शनको क्रममा शाह र रावतको मृत्यु भएपछि सरकाले घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने कार्यादेश सहित उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको हो ।

 गठित आयोगले ४४ दिनको समयसिमामा उक्त घटनाको सुक्ष्म जाँचबुझपछि आज बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी पहिचान गरेको निष्कर्षलाई कार्वान्यवन गरिने आश्वासन दिएका छन् ।

आयोगले आफ्नो प्रतिवेदनमा घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान समेत समेटेको जनाएको छ।

 त्यस्ते आयोगले जारी विज्ञप्त् िमार्फत् प्रतिवेदनमा ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं। गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवम् प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सीसीटीभी फुटेज लिइएको, घटनास्थलवरपर उपलब्ध भएसम्मका सीसीटीभीबाट फुटेज समेतलाई गहन अध्ययन तथा विश्लेषण गर्दै प्रतिवेदन तयार पारेको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले आफ्नो प्रतिवेदनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको निष्कर्षसंगै मन्त्री ज्वाला नगएको भए घटना हुने सम्भावना न्यून रहेको जिकिर गरिएको बुझिएको छ ।  साथै आयोगले घटनामा बल प्रयोग गर्ने अधिकृतहरुलाई विभागीय कारबाहीको सिफारिससंगै प्रमुख जिल्ला अधिकारी र ललितपुरका प्रहरी प्रमुखलाई सचेत गराउनसमेत सिफारिस गरेको बुझिएको छ ।