बिहिबार, बैशाख २७, २०८१

काँग्रेस सभापति देउवालाइ बुझाए सनानत हिन्दु राष्ट्रको पक्षमा पूरक प्रस्ताव

काठमाडौं फागुन  ४, 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई २२ केन्द्रीय सदस्यले भेटेर महासमिति बैठकमा छलफल गरेर सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पूरक प्रस्ताव बुझाएका छन ।

७ फागुनदेखि सुरु हुने काँग्रेस महासमिति बैठकको एजेण्डा तय गर्न बिहीबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावप्रति असहमत जाहेर गर्दै केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, प्रकाश रसाइली, डा डिला संग्रौला र मुक्ताकुमारी यादव लगायत २२ जनाको समर्थन सहित पार्टी सभापति देउवालाइ सनानत हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने पूरक प्रस्ताव बुझाएको हो।

 केन्द्रीय सदस्य भण्डारी नेतृत्वको टोलीले सनातन हिन्दू राष्ट्रलाई एजेण्डा बनाएर छलफलमा लैजान प्रस्तावबुझाएसंगै शनिवार सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारी समेत गरेका छन् । त्यस्तै महाअभियानको मुख्यमाग भनेको महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने रहेको छ।  जसलेगर्दा सनातन हिन्दू राष्ट्रको एजेण्डाको दबाब बढदै गएको छ ।

केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकोमा उनीहरुले चिन्ता ब्यक्त  गर्दै  उनीहरुले शनिबार सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान घोषणाको तयारी गरेका छन् । उनीहरुले महासमिति बैठकबाट कांग्रेस वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने माग गरेका छन् ।