शनिबार, बैशाख २२, २०८१

कन्या गुरुकुलको महायज्ञको चौथो दिनमात्रै ४२ लाख बढि सहयोग संकलन

काठमाडौं फागुन  ४, 

पालको पहिलो समावेशी गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौमा सञ्चालन भइरहेको महायज्ञका चौथो दिनमा मात्रै ४२ लाख ८५ हजार ५ सय ६७ भन्दा बढि सहयोग जुटेको छ । आज नै गुरुकुलका सस्थापक प्रमुख संरक्षक भगवती उपाध्यायले २५ लाख सहयोग गर्नुभएको छ । गुरुकुलमा अन्य दानदिने दाताहरु पनि थपिनेक्रम बढेको गुरुकुलले जनाएकोछ।

कार्यक्रमका संयोजक डा। गोविन्द टन्डनले पनि रु ५ लाख सहयोग गर्नु भएको जानकारी दिदै महायज्ञका सहसंयोजक टंकनाथ पौडेलले महायज्ञको चौथो दिन मात्रै धन्यै ४३ लाख रकम संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार आज सम्म ९८ लाख रकम संकलन भएको जानकारीदिनुभएकोहो ।

त्यस्त} महायज्ञको चौथो दिन आज गलेश्वर आश्रम देवघाटधामका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले प्रवचन दिदै उहाँले वर्तमानमा सस्कारयुक्त समाज हराउदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले संस्कार कै कमिका कारण आफन्तीवीच पनि आत्मियता नहुने प्रवृद्धि बढ्दै गएको जनाउसंगै गुरुकुलीय शिक्षा पद्धतीले मात्र सस्कारयुक्त समाज निमार्णमा सहयोग पुग्ने भनाई राख्नुभएको जानकारी दिनुभयो ।

कन्या गूरुकुल अक्षयकोष स्थापनार्थ फागुन १ गते बाट शुरु भएको महायज्ञमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गर्नुभएको छ भने युवा पन्डित शुशिल कुमार वाग्ले उपवाचक हुनुहुन्छ । काठमाडौको पाशुपत क्षेत्र अन्तर्गत सुमार्गी भवनमा आयोजीत महायज्ञमा कथा श्रवणका लागि आउनुहुने भक्तहरु पनि दिनानु दिन सख्या बढीरहेको आयोजकमा उत्साह थपिएको छ ।

। कन्या गूरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निशुल्क आवासिय सुविधासहित ८० कन्या ५ कक्षा देखि ११ सम्म अध्ययनरत रहेको सहसंयोजक पौडेलले जानकारीदिनुभयो ।