बुधबार, जेष्ठ २, २०८१

एन्फा अध्यक्षमा श्रेष्ठ विजयी

काठमाडौ कार्तिक ८,  अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नरेन्द्र श्रेष्ठ विजयी भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ anphaप्यानलकै मणि कुँवर निर्वाचित भएका छन् । उनले पनि निकटतम प्रतिद्वन्द्वी शेर्पा प्यानलका दिपक खातीलाइ पराजित गरेको हो ।

यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापालाई गत वर्ष फिफाले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएका कारण एन्फाको अध्यक्ष र उपाध्यक्षपदको निर्वाचन भएको हो ।