बिहिबार, बैशाख २०, २०८१

मकाउलाइ १–० को गोलअन्तरले पराजित गर्दै सोलिडारिटी कप उपाधी जित्यो नेपालले

सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख

काठमाडौ कात्तिक ३०, नेपालले मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा मकाउ विरुद्धको खेलमा captureमकाउलाइ १–० को गोलअन्तरले पराजित गर्दै शिर्ष उपाधी जितेको छ । खेलको सुभारम्भमा नेपालका लागि सुजल श्रेष्ठले ३०औँ मिनेटमा भरत खवासको पासमा गरेको गोलनै प्रतियोगितको निर्णयक गोल भएको थियो ।  यसअघि नेपालले बङ्गबन्धु गोल्डकप त्यस्तैगरि सागसंगै नेपालले ३ वटा अन्र्तराष्ट्रिय प्रतियोगिता जितिसकेको छन ।

यसैवीच सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ ।
विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।