शनिबार, बैशाख १५, २०८१

पौषको पहिलो साताबाट ७ औं राष्ट्रिय खेलकुद सञ्चालन हुँने

काठमाडौं मार्ग ९ , आगामी पौषको पहिलोृ हप्ताबाट ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । यसअघि प्रतियोगिता आयोजनाको लागि विभिन्न download-3मिति प्रस्ताव गरिएपनि पटक पटक प्रस्तावित प्रतियोगिता स्थगित हुँदै आएको थियो ।

गत मार्ग ५ गते प्रतियोगितको सवालमा नितिगत निर्णय गर्न युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले हप्ताबाट ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि पौष ८ देखि १५ गतेसम्मको मिति प्रस्ताव गरेको हो । त्यस्तै प्रतियोगिता अयोजनाका लागि परिषद्ले सरकारसँग रु ३७ करोड माग गरेको थियो । हालसम्म रु २० करोड निकासा भइसकेको छ सम्वद्ध स्रोतले जनाएको छ