बिहिबार, चैत्र १५, २०८०

नेपालमा सन २०१९ मार्च ९ देखि १८ मा १३औँ साग हुने

काठमाडौं मार्ग १८,  ओलम्पिक काउन्सिलको आज  सम्पन्न बैठकले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको मिति घोषणा गरेको छ ।
imager१२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा गर्ने घोषणा भएअनुरुप सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय सहित मिति घोषना गरेको हो ।

त्यस्तै बैठकले ओलम्पिक परिषद्को प्रधान कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णय गर्नुको अलावा गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले राससलाई बताउनुभयो । आसन्न प्रतियोगितमा बढीमा २५ खेल समावेश गर्ने निर्णय पनि गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।