बुधबार, जेष्ठ २, २०८१

राजनीतिमा चण्डालहरुको बिगबिगी

 pen-copy-gift-150x15022-राजन कार्की
सुरा र सुन्दरी, सत्ता र सम्पत्तिस् यही हो हिजोदेखि आजसम्मको राजनीति। चिनियाँ इतिहासकार फाह्यानले चाणक्यका बारेमा लेखेका छन्– जुन देशका प्रधानमन्त्री सादा जीवन, उच्च विचार लिएर झोपडीमा बस्छन्, त्यो देशका जनता महलमा बस्छन्। जुन देशका प्रधानमन्त्री राजमहलमा निवास गर्छन्, त्यो देशका जनता झोपडीमा बस्न बाध्य हुन्छन्। नेपालको वर्तमान कालखण्डको यथार्थ चाणक्य होइन, चण्डालहरुको बिगबिगी बनेको छ। प्राचीन मगध साम्राज्य जसरी भययुक्त र हाहाकारमय थियो, हाम्रो देश त्यस्तै मयमय र हाहाकारयुक्त चित्कार भोगिरहेको छ। जननेताहरु राजा महानन्दजस्ता बिलासी, अनाचारी, दुराचारी, अत्याचारी, सुरा–सुन्दरी, सम्पत्ति र सत्तामा लिप्त छन्, जनता बाँच्ने आधारको खोज्दै भुटभुटिइरहेका छन्। लोकतन्त्रजस्तो परिवर्तनले चाणक्य जन्माउन सकेन, बग्रेल्ती चण्डालहरुको बिगबिगी बढ्यो। जुन मुलुकमा सपनाको राजनीति हुन्छ र राजनीतिज्ञहरु ब्वाँसो र स्यालनीतिमा आफूलाई अभ्यस्त पार्छन्, त्यो देशका जनताका लागि न्याय महगो हुन्छ, जीवनयापन मूल्यहीन हुनेगर्छ। नेपालमा अहिले यही भइरहेको छ।

अंग्रेजी कथन होस् राजनीति ओमन, वेल्थ, वाइन हो। यसलाई नेपालीमा सुरा, सुन्दरी र सम्पत्ति (सत्ता) भने पनि हुन्छ। सत्ताभित्रै पर्छ यौन। धार्मिक ग्रन्थहरुमा महिलालाई शक्तिकी देवीको रुपमा पूजा गरिन्छ। आधुनिक युगमा महिलालाई नशाका रुपमा ग्रहण गर्ने प्रचलन छ। महिला माया हो, महिला आकर्षण हो, महिला जीवनलीला हो। यसैकारण महिलालाई आधा आकाश, आधा संसार पनि भनिन्छ। महिलाका अनेक रुप छन्। महिला सिर्जना, शक्ति, सेक्स र सम्पत्तिको स्रोत पनि हो। तर नेपाली राजनीतिमा यौनलाई औजारका रुपमा प्रयोग गरिने प्रचलन व्यापक भएको छ।
राजनीति अपराध, शक्ति, सम्पत्ति र सेक्सको समिश्रण घोल भयो। यही घोल राज्यशक्तिको पोल बनेर उभिनपुग्यो। जसले जस्तोसुकै सफा खोल ओढे पनि उसको खोलभित्र फोहरी ओमन, वेल्थ, वाइन र सत्ताको फोहरको दाग देखिन्छ देखिनछ। यी चार तत्व यस्तो हाइभोल्टेज हो, जसको झड्काले कुन नेता अछुत रह्यो र ? कुनै पनि नीति यी चार तत्वबाट अछुत छैन। काम, क्रोध, लोभ र मोह भनेकै ओमन, वेल्थ, वाइन र सत्ता हो। पहिले पहिले मसानमा पुगेर अघोरीबाबाहरु तन्त्रविद्या आर्जन गर्थे। वर्तमान कालखण्ड मसानमा महल खडा गरेर ओमन, वेल्थ, वाइन र सत्ताको आराधना व्याप्त सर्वत्र भएको छ। चर्चिल र रुजवेल्टको समझदारीबाट एटलाण्टिक चार्टर जन्म्यो, गिरिजा, प्रचण्ड र माधवकुमार नेपालको समझदारीबाट नेपाल राष्ट्रभित्र लोकतान्त्रिक गणतन्त्र जन्म्यो। एटलाण्टिक चार्टर विश्व संगठन– राष्ट्रसंघ बन्यो, लोकतान्त्रिक गणतन्त्र केही पार्टीको सिण्डिकेटतन्त्र बन्यो। यो तन्त्रभित्र एकदोस्राप्रति र देश र जनताप्रति घात, प्रतिघात र आघात दिने क्रम उपक्रम चलिरहेको छ। इटलीमा ग्यारवाल्डीले योङ् इटली संगठन गरे र रेड सर्ट पार्टी खोले। पछि त्यही दलले इटलीलाई ऐतिहासिक गौरव दिलायो। वीपीपछि गिरिजाले हाँकेको कांग्रेस सुशील कोइराला हुँदै शेरबहादुर देउवाको कमाण्डमा आइपुगेको छ तर कमान खुस्केको घडीजस्तो कामै नलाग्ने भुत्ते खुकरीजस्तो भएको छ। मदन भण्डारीको बिरासत सम्हाल्ने माधव नेपालबाट एमालेको नेतृत्व केपी अ‍ोलीको हातमा आएको छ। ओलीले पार्टी र सत्ता दुबैको नेतृत्व त पाए तर उनले दुबै नेतृत्वलाई बाँदरको हातमा नरिबल बनाइदिए। प्रचण्ड साँढे दुई दशकदेखि वामपन्थी राजनीतिको नेता रहेका छन्, माओवाद हाँकीरहेका छन्, उनको नेतृत्व र शेक्सपियरले लेखेजस्तो कायरहरु धेरैपटक मर्छन् भन्ने उक्ति उस्तै उस्तै लाग्छ। उनले नेतृत्व दिनसक्ने उर्जा कलाकार रेखा थापासँग कम्मर जुधाएर सडकमा नाच्नमा खर्च गरे। माओ, चारु, चाउको इतिहास साहसको इतिहास हो, हाम्रा कम्युनिष्टहरुको इतिहास सत्ता, शक्ति र सम्पत्तिको इतिहास बनेर रह्यो।

१२ बुँदे दिल्ली सहमति भएपछि खुब हल्ला चल्यो– आठ दल मिलेपछि नेपालमा दूधसागर बग्छ। रामराज्य आउँछ, पुरानो नेपाल नयाँ नेपालमा रुपान्तरण हुन्छ। जसरी ०५२ सालमा महाकाली सन्धि आधारातमा संसदबाट पारित गर्दा नेपालको सूर्य पश्चिमबाट उदाउँछ भनिएको थियो र ०७३ साल आइपुग्दा डीपीआरसमेत बन्न सकेको छैन, त्यस्तै भयो ०६३ सालको परिवर्तन। त्रासदी त्रासदी नै छ, अशान्ति र अराजकता कम भएको छैन, जनताको आँखाबाट आँसु बगिरहेकै छ। नेताहरु यौन, सत्ता र शक्तिको नग्ननृत्य देखाइरहेकै छन्। कांग्रेस जयप्रकाश नारायण भनिरहेकै छ, माओवादी माओको माला जपिरहेकै देखिन्छ, एमाले मार्क्स, एङ्गेल्स भनेर थाकेको छैन। न कसैले मेरो नेपाल भने, न कसैले नेपाली जनताको मतको मान राखे। यी ठूला र अरु साना पार्टीहरु सबैलाई सत्ता सुन्दरी सुमर्ने हतारो छ। यो हतारोमा जायज, नाजायज कसैले हेरेनन्, सबैलाई लोकलज्जाभन्दा मनमज्जाको सत्ता र यौनको मनोरञ्जन चाहिएको देखिन्छ।

सत्तालाई सूर्यमुखीसँग तुलना गरिएको छ। सूर्यमुखी सामु जनताप्रति जिम्मेवार राजनीति गर्छु भन्ने सबै दलहरु अफिमको नशामा चूर भएर लठ्ठिएका देखिन्छन्। अरुको के कुरा गर्नु, चित्रबहादुर केसी जो जीवनभर निष्ठाको राजनीति र सत्य बोल्छु भन्ने नेता यसपटक सत्तासुन्दरीको काखमा लुटपुटिएको देख्न पाइयो। अव भक्तपुरे नेता नारायणमान बिजुक्छेले सत्ताको भर्‍याङ् उक्लिएर सत्तारस चुस्न बाँकी रहेको छ।
सत्ता र शक्तिका लागि जंगबहादुरले यौन र हतियारको यसरी प्रयोग गरे कि उनले कोतपर्व नै मच्चाइदिए। कोतपर्वबाट उदय भएका जंगबहादुरको शासन १०३ वर्ष लामो राणा शासन बन्यो र राणाहरुले सत्ता र शक्तिका लागि के गरेनन्रु जुद्धशमशेरले त सिंहदरवारमा बेलायती बैठक नै बनाए, बेलायती बैठकको भर्‍याङदेखि भान्छासम्म, बेडरुमदेखि बाथरुमसम्म नग्न युवतीहरु राखेर आफूलाई कामुकताको कामदेव नै बनाएको इतिहास छ।

पृथ्वीनारायण शाहका भाइ सिंहप्रताप शाह र मैचा महारानीको प्रेमलीला र उनले गरेको योनी तन्त्रसाधना, नौवटी केटीसँग राशलीला गरेर तिनीहरुलाई बिर्य खुवाएका अनेक प्रसङ्गहरु पनि राजनीतिकै एउटा पाटो हो। बहादुर शाह र महारानी राजेन्द्र लक्ष्मीवीचको यौन सम्बन्ध पनि नेपाली राजनीति कै एक अध्याय हो। त्योभन्दा पनि दर्दनाक सत्ता र शक्तिको घटना छ– एकीकरणपूर्वको पाटनका ६ प्रधानले मच्चाएको आतंक। बिसं १८०९ देखि १५ सम्म पाटनका राजा थिए विश्वजीत मल्ल। राजालाई बसमा पारेर ६ प्रधानले हालीमुहाली चलाउँदा नियन्त्रण गर्न खोजेका कारण एक प्रधानले राजामाथि आफ्नी श्रीमतीलाई सुताएको आरोप लगाए। त्यही आरोपलाई ६ प्रधानले मिलेर यसरी जनतामाझ झ्याली पिटाए कि राजा विश्वजीत अधर्मी हो, कूकर्मी हो। नभन्दै जनता राजाविरुद्ध बिद्रोह गर्ने मनस्थितिमा पुगे, ६ प्रधानले सशस्त्र विद्रोह गरेर राजा विश्वजीतलाई गद्दीच्यूतमात्र गरेनन्, सही कुरा सार्वजनिक होला, जनताले थाहा पाउलान् भनेर अपदस्त राजा विश्वजीतलाई पाटन दरवारभित्रको तलेजु भवानीको मन्दिरको मूलढोकामा बली दिने बोकालाई पर्साएजसरी पर्साएर बोको काटेजसरी काटे। यो पनि सत्ता राजनीतिको एउटा इतिहास हो नेपालको।

यस्तै घटना हो– २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन। २०७२ साल असोज ३ गतेको संविधान घोषणा। सत्तामदमा मदमत्त भएकाहरुले २०६५ सालमा रातन्त्रलाई र २०७२ साल असोज ३ गते जनताको रायसुझावलाई यसरी सिध्याए कि जसरी सबैरोग नास हुने विश्वासका साथ सर्वौषधिका रुपमा मुस्ताङमा चौंरीको गर्धनको नसा काटेर आलो रगत पिलाउने गरिन्छ। भ्रम भयो दुबै घटना, न गणतन्त्र, न संविधान कार्यान्वयन भयो। सत्ता र यौन, सम्पत्ति र शक्तिको अनपेक्षित र दुर्भाग्यपूर्ण दुर्घटनाहरुको श्रृंखला सुरु भइसकेका छन्। हुन त नेपालको राजनीति भनेकै खुकुरीको इतिहास हो, यौन र सत्तामा झुत्ती खेल्ने इतिहास हो। जब पृथ्वीनारायण शाहले आफूलाई बिसर्जन गरे, त्यसपछिका साँढे दुईसय वर्षको नेपालको इतिहासमा यौन र सत्ताको अनुपम संयोग देखिन्छ। २०५८ सालमा दरवार हत्याकाण्डमा युवराज दीपेन्द्र र देवयानी राणाको प्रेम प्रसङ्ग जिम्मेवार देखियो। चक्रवर्ती महाराज अशोकले विश्व बिजय हासिल गरे, तर यौनतीर्खा मेटाउने इच्छा पूरा नहुँदा उनले लुम्बिनी आएर तरवारलाई बुद्धको मूर्तिका सामु बिसाएर बुद्धमार्गमा लाग्छु भनेर आत्मसमर्पण गरे। लडाकु अलाउद्दीन खिल्जीको कथा खुकुरी र यौनकै हो।

इतिहासमा सुन्दरी क्लियोपेट्राको प्रसङ्ग पनि आश्चर्यपूर्ण लाग्छ। उनी आफ्नो सुन्दरता निखार्न, तिखार्न र उजिल्याउन हरेक दिन गधाको दूधले नुहाउँथिन्। उनले नुहाएको दूध पिउन प्रेमीहरु तँछाडमछाड गर्थे। मानौं अमृत हो त्यो नुहाएको गधाको दूध। क्लियोपेट्रासँग सुत्न, नजिकिन राजामहाराजा, सामन्तहरु सर्वस्व लुटाउन तैयार भएका बृतान्तहरु इतिहासका पानाभरि पढ्न पाइन्छ। हिटलर यौन भनेपछि भुतुक्कै हुन्थे। हिटलरकै सिको गरेर यौनान्द लिने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको मोनिका लेवेन्सीको यौन काण्डले विश्वलाई नै योनमय समाचारले छपक्कै छोपिदियो। त्यति बेला आफ्ना पति तथा देशका राष्ट्रपति बिल क्लिन्टनलाई उनकी श्रीमती हिलारीले माफी दिइन्। तिनै हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको बलबती उमेदवार बनेकी छिन्। ०५० को दशकमा भारतका महात्मा गान्धीले यौनलाई मजाले खेलाए, चलाए। अविकसित, विकासशीलमात्र होइन, विकसित मुलुकहरुमा पनि यौन र राजनीतिवीच नून, चिनी, पानीको सम्बन्ध देखिन्छ। जुन औषधि भन्दा बढी विषालु बन्यो। नेपालका ३८ प्रधानमन्त्री थ्री डब्लु अर्थात ओमन, वाइन, वेल्थसँग नजोडिएका पाइदैनन्। समाजवादीहरुले पर्खालसम्म चढे, कम्युनिष्टहरु बलात्कार गर्न पछि परेनन्, आदर्श पुरुष मानिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्थे– मैले विवाह त गरिन तर म कुमारकेटो होइन।  भद्र सहमति अभद्र बनेर अर्को भद्र सहमति सुरु भएको छ। यो सहमति पनि सत्ता, सुन्दरी, शक्ति र सम्पत्तिकै वरिपरि फन्को मारेको देखिन्छ।