मङ्लबार, बैशाख २५, २०८१

हाम्रा नेताजीहरु…….

 

pen-copy-gift-150x15022-उमेश भण्डारी

देशमा सधै व्यवस्था परिवर्तन र अधिकार प्राप्तिका लागी संघर्ष मात्र भए । तर बास्तविक परिवर्तन कहिल्यै भएनन् । जनता निदाएका हुन वा जागेका यो विश्व दुनिया नै आफुमा अचम्मित छन आवधिक होस वा अन्य निर्वाचन होस त्यस्तै अधिकार प्राप्तिको लडाइ भन्दै जनता जनता उफार्ने, लडाउने, भिडाउने नेताजीहरुका लागि कात्रो बाधेर मतदान गर्दछन । सुझ न बुझ जुनसुकै घर को झ्याल , कौसी देखी छानो र छत देखी सडक सम्म उर्लेर आन्दोलनमा हो मा हो थप्दै साथ दिन्छन । आन्दोलनको नाममा भौतिक हिंसात्मक क्रियाकलाप चलाउदै जनतालाइ रणभूल्लमा पार्दै जनतालाइ अधिनायक र तानाशाह अनि बर्ग दुस्मन र सामन्त देख्ने र देखाउने अनि मौका मिल्ना साथ उनैका हातवाट सपथ लिने उनैले भन्दा धेरै लुट्ने परम्पराको विकास गर्ने नेताजीहरुको चरित्र नेपाल जस्तो मुलुकका लागि किमार्थ राम्रो मान्न सकिन्न ।

त्यस्तै यो वा त्यो वहानामा सिर्जना गरिएको समस्या भन्दा अर्को केहि कुरा नै नदेख्ने हाम्रो मुलुक नेताहरुले देखाउँदै आएको बदनियत चरीत्र केवल रङ मच्चमा मञ्चन गरिने नाटक भन्दा केहि फरक छैन । कहिले रुवाउने कहिले हसाउने कहिले उफार्ने कहिले थचारने । अनि स्वभाविक रुपमा बिकाश र समृद्धिलाइ भाषणमा सिमित तुल्याउँदै आर्थिक ब्रम्हलुटको श्रृखलालाइ प्रशय दिदै आफ्नो मौलिक पहिचान लाई मेट्दै अरुका संस्कार र पहिचान लाई भित्राउँन तछाड मछाड गरिदैछ । अनपढ निरक्षेरले छिमेकी लाई लाहुरबाट छोराले पठाएको चिट्ठी पढ्न वा प्रतिउत्तर लेख्न लगाए जस्तो परनिर्भर सरकारको बागडोरका लागि एक पछि अर्को बुँदै बुँदाका सहमतिको नाटक मन्चन गर्न समेत पछि परेनन हाम्रा नेताजीहरु ।neta

नेपालमा आजको मितिसम्म केवल सता र शक्तीको परिवर्तनको अलावा समृद्धिका परिवर्तनका् ढोका चाहेर पनि कुनै दल विशेषले खोल्न चाहेनन । के नेपालको बिकासको बाधक हाम्रो सनातन धर्म्, संस्कृती , परम्परा थिए ? हाम्रो सहिष्णु र सद्भाब मा टिकेको समाज थियो ? हाम्रो राजनितिक बिभाजन गरिएको ७५ जिल्ला र ५ बिकास क्षेत्र थिए ? अन्तरआत्मा लाई साक्षी राखेर कुनै लोभ , प्रभाव र दवावमा नपरेर भन्ने हो भने पल्कै थिएनन । हामिलाई कसैका दर्शन र बिचार सापट चाहिदैन । धर्म भित्र राजनिती सुहाउदैन , धर्मको बिषय राजनिती भित्रको राजनिती बनाउनु हुँदैन । धर्म कुनै सिमित जात जाती वादवादीको बिवादको बिषय होईन यो सम्पूर्ण मानब हित को बिषय हो । धर्म’ विज्ञान हो, अनुशासन, आस्था, जिवन जिउने कला र शिक्षा हो भन्ने बुझ्दा पनि नजर अन्दाज गर्नु आफैमा दुर्घटनाको सूचक हो मुकदशैक बन्दै अगाडी बढे हाम्रा नेताजीहरु ।

त्यस्तै हामी आफ्नो समस्या सामाधन गर्न आफै सक्षम छौ । तथापी यो वा त्यो कारण देखाउँदै सनातन आर्य संस्कृतमा आधरित स्वतन्त्र आध्यत्मिक राष्ट्र नेपालको पहिचान मेटाउँनमा लागि परेको नेताजीहरुको सम्प्रदाय वा धर्मका नाममा राजनिती गर्ने कुत्शित मनाशायस्वरुप अज्ञानता वा अल्पज्ञानको उन्मत्तता पदर्शन गर्न समेत पछि परेनन । र सता मोह र पद प्राप्तिका लागी देशमा मानवता का लागी आवश्यक धेरै मुद्दामा बहस र छिनो फानो गर्न पट्टी नलागी धर्म निरपेक्षता र सापेक्षतको सवालमा अहङकारलाई आत्मा बिश्वास ठान्दै शब्द कोशका शब्दको प्रयोग र चालबाजी गर्दै महान भुल गर्न समेत परेनन हाम्रा नेताजीहरु ।
अन्तत सत्यमाथि जति प्रहार गरेपनि यो डगमगाउदैन । जति नै बलियो छाता ओढाए पनि दुष्टका दुष्टता र झुटले राप ताप र झरी छेक्न सक्दैन । तिम्रा हरेक पित्तली अहंकारयुक्त बिगत पछाडी ढुकिरहेका छन, प्रतिक्षारत छन ! पिडादाइ तर सुन्दर आगत । धैर्य गर्नु होस । हिजो तपाईं लाई ज्वोरो आय जस्तै हो यो देश को समस्या पनि । उपचार हुन्छ ,यसलाई पेलेर र ठेलेर भन्दा पनि धैर्यता ले ठिक पार्छ । केबल सुन्दर समयको प्रतिक्षा गरौ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु