शनिबार, बैशाख १५, २०८१

बुद्धदर्शन साम्यवादसँग मिल्दो छ त ?

Capture

बुद्धदर्शन उच्चतम रुपमा बौद्धिक विकास हो भने साम्यवादमा सामाजिक विकास

-भेष जंग बादल/ स्वत्रन्त्र पत्रकार                                                                                                                        मानिसको ब्रह्माण्डको अनुभवको सम्पुर्णता तथा उसका जीवनको व्याख्या प्रदान गर्नु तथा यी सबैकुराका पछाडी रहेका आवश्यक रहस्यसँग यसलाई जोड्नुनै धर्मको कार्य हो । त्यसकारण कुनै पनि धर्मले दर्शन तथा सामाजिक सिद्धान्त तथा आचार बोकेकै हुनुपर्दछ । यी सबेैकुराका पछाडी रहेको यो आवश्यक रहस्य के हो त?  धर्म र दर्शनबीचको मुख्य फरक के हो भने धरैले यसलाई रहस्यको रुपमा हेर्छन् तथा यसलाई परब्रह्म भनी समाधान नगरि छोडिदिन्छन् । विद्वानहरुको भनाई  यस्तो छ : “मानिसको अधिकार तथा कर्तव्यबाट आउने जटिलताहरु सर्वाेच्च सृष्टिकर्ताको योजनामा रहेका छन्, जसले स्वयम आफ्नो प्रकृतिका आदेशअनुसार मानिसलाई नागरिक समाजमा ल्याइदिएको छ । सृष्टिकर्ताको योजनामा समाज एउटा प्राकृतिक उपाय हो जसलाई मानिसले उसको तोकिएको उद्देश्य प्राप्त गर्न प्रयोग गर्न सक्छ र गर्नुपर्दछ ।” र अझ थपपनि उनहरुले यसो भने: “मानिसहरुको नागरिक समाजप्रतिको दायित्वपनि दैविक रुपमा लादिएको हुन्छ ।” मानिसको ब्रह्माण्डसँगको सम्बन्धको यो आदर्शवादी व्याख्या हो । मानिस मानिसबीचको तथा मानिस र ब्रह्माण्डबीचको द्वन्द्वको रहस्य देखिएको त छ तर बुझिएको वा समाधान गरिएको छैन । यसलाई खाली उच्चतर सतहमा सारिएको छ । अर्थात् परब्रह्म तहमा जहाँ यो कुरा कुनै मानवीय ज्ञान तथा प्राकृतिक समाधानको पहुँचभन्दा माथि रहेको हुन्छ । तथाकथित् अदभुद् घटना तथा भविष्यवाणीमा देखिने प्रकटिकरण दैविक आधिकारित्व तथा मनमा प्रकाशमा आउने जस्ता कुराको परब्रह्म उद्भवका केहीकुरामा आधारित समान आर्दशवादी धार्मिक व्यवस्था अडेका हुन्छन् । यर्थात्, सांसारिक मुल्यको प्राप्तिद्वारा यसका समाधानलाई इंगित गर्दै भौतिक अवस्थामानै यसको उद्भव देखाएर मानिसको जीवन अवधिमा नै जीवनको सबभन्दा ठूलो समस्यालाई समाधान गर्न प्रयास गर्ने दृष्टीकोण नै भौतिकवादी दृष्टिकोण हो । शब्दावलीमा फरक परेतापनि यो कुरा बुद्धदर्शन तथा भौतिकवाद दुवैले गरेका छन् । यसकारण बारम्बार बुद्धदर्शन साम्यवादसँग मिल्दो छ त? भन्ने प्राकृतिक प्रश्न उब्जेको हुन्छ । ती कुरालाई अभ्यासमा हामीले पाउने अवस्थालाई हेरी यी दुवै व्यवस्थालाई तुलना गर्दा अधिकांश व्यक्तिले गर्ने त्रुटिलाई पन्छाएर यो प्रश्नको उत्तर दिने प्रयासबाट हामिले सुरु गर्नुपर्ने हुन्छ । वर्तमान अवस्थाका लागि कममा पनि के सत्य हो भनी नत बुद्धदर्शन नत साम्यवाद दुवै पूर्णरुपमा अभ्यासरत छैनन् । बुद्ध दर्शन फैलिदै विशाल हुँदै गइरेहको छ भने साम्यवाद अभ्यासमा अझै पूरै विकसित भएको छैन । हाम्रो प्रश्न बुद्धदर्शनावादी तथा साम्यवादीबारे होइन तथा यर्थात् साम्यवादी सोही समयमा सच्चा बौद्धदर्शनवादी रहेका हुन्छन् वा हुदैनन् नभई खाली यति हो  के बुद्धदर्शन साम्यवादसँग मिल्दो छ ? तर यी दुबै व्यवस्थाहरु आधारित भएका दार्शनिक आधारलाई हामिले दाजेमा कुनै व्यक्ति एउटै समयमा असल बौद्धदर्शनवादी तथा यर्थात् साम्यवादी रहेको हुनसक्छ भन्ने संभावनालाई हामीले प्रमाणित अथवा अप्रमाणित गर्न सक्छौ ।

बुद्धदर्शन के हो ? साम्यवाद के हो ?
बुद्धद्वारा विकसित गरिएको प्राकृतिक दर्शनमा आधारित आचारसूत्र नै बुद्धदर्शन हो :अर्थात् यो कारणवादीतामा आधारित आचारगत जीवनको व्यवस्था हो । यसकारण बुद्धदर्शनले परब्रह्म प्रणालीलाई अस्विकार गरेको छ । हामी बस्ने बाहेक अरु कुनै संसारको सम्भावनालाई बुद्धदर्शनले स्वीकारेको कुरा सत्य हो । तर यो कुरा कुनै परप्राकृतिक बनेको छैन । सूर्य, चन्द्र तथा तारा हाम्रो ब्रह्माण्डको कुनै ��ंश हुन्, हामी कसैले त्यति टाढासम्म यात्रा नगरेतापनि । त्यसकारण बुद्धदर्शनमा स्वर्ग भनिएका कुरा कुनै परब्रह्म बस्तु नभई सामाजिक सुखको बेग्लाबेग्लै परिमाण भएका अस्तित्ववान खण्डमात्र हुन् । यी सबै कुरा पुरापुरा भौतिक भएतापनि मोटामोटि त्यहा हुुने इन्द्रयगत सुख अथवा मन तथा पदार्थबीचको नटुक्रिएको सम्बन्ध मार्फत् गरिएको भएपनि यस्ता कुरा आकृतिविहीन खण्डमा विलीन हुदैँन । आकारविहिन भन्नुको अर्थ पदार्थबाट स्वतन्त्र भन्ने अर्थमा अभौतिक भन्ने अर्थ लाग्दैन :तर यस्ता जीवन खण्डको लक्षण यो विषयमा अब ध्यानको विषय हुन छाडेको छ । यसप्रकारका ध्यानका अवस्थालाई संसार तथा जीवनमानै प्रोत्साहित गर्न सकिन्छ । यसकारण पुर्नजन्मका विभिन्न खण्ड सबै कुनै प्राकृतिक व्यवस्थाकै हुन । तथा जीवनबाट जीवनको विचार परिवर्तनको जस्तो समान कुरा परमशक्तिमान ईश्वरजस्तो कुनै पराब्रह्म अस्तित्वद्वारा अथवा अकाट्य भाग्यबाट गराइएको हुदैन । तर आफ्नै प्राकृतिक कार्यबाट भएको हुन्छ । जसबाट प्रत्येक व्यक्तिले आफ्नो प्रवृति र चरित्रलाई डोराएर आकार दिन्छ । जसबाट आफ्नै सिर्जनाको वातावरणमा आफुलाई उभ्याउँछ । यस्ता मानवीय कार्य तथापि उसको आफ्नै पूरै छनोटबाट जीवनको त्यो प्रत्येक क्षणमा भएको नभए उसले आफूलाई पाएको स्थानका अवस्थाको परिणाम पनि ती सबैकुुरा हुन् । नयाँ कार्यलाई प्रभावपार्ने यस्ता अवस्था जसका आधारमा नयाँ कार्य  निर्माण गरिने पदार्थकै रुपमा रहेका यी कुरा नै विगतका कार्यका स्वयम परिणाम हुन । तथा विगतका कार्यको प्रभाव भएकाले त्यसलाई यसो भनिएको हो । यसरी हेर्दा विगतका कार्यहरुको परिणाम र प्रभाव नै ती अवस्था हुन जसले वर्तमानलाई प्रभावित तथा मिलाउने कार्य गर्दछ । मानवीय प्रयासले त्यस्ता सामाजिक अवस्थाहरुमा सुधार उत्पन्न गराउँन प्रयास गरिएतापनि ती कुरा सधैनै आधारका पृष्ठभूमिमा रहेका हुन्छन् । जुन मानिसले कार्यगर्नुपर्ने कुरा कै आधार हुन्छ । यो भन्दा थप कुरापनि छ ! विगतका उपजका रुपमा रहेका त्यस्ता सामाजिक अवस्थाहरुमा नै नयाँ कार्यका लागि चाहिने बिज रहेका हुन्छन् । किनभने तिनमा अन्र्तनिहित अमिलानलाई सधै अझ राम्रो र बढि गर्ने मानिसको निरन्तर प्रयासले देखाउने नै सन्तुष्टि श्रृङ्खला सन्तुलन प्राप्त गर्ने संर्घषलाई निम्त्याएको हुन्छ – कम्तिमा पनि ज्ञान प्राप्त नगरिसकेका व्यक्तिहरुमा वस्तुका यर्थात् मुल्यका सम्बन्धमा भएपनि ।  कुनैपनि मुठि बनाउन इच्छा गर्ने व्यक्तिलाई आवश्यकत सो बनाउने हात भएकै हुनुपर्दछ–तथा हातको प्रकृतिमा मुठिको प्रकृति निर्भर हुन्छ– त्यसकारण ऐच्छिक कार्य ऐच्छिक प्रवृतिमा निर्भर हुन्छन् । जसलाई विगत कार्यको परिणाम हुन् भनिन्छ । यसरी के प्रष्ट छ भने यो अनादर्शवादी तर यर्थात् सिद्वान्तमा ईश्वर अथवा आत्माका लागी कुनै स्थान छैन । यो भौतिकवादी विश्वधारणालाई अनईश्वरवादी दृष्टिकोण आवश्यक पर्छ जुन निष्कृय रहन सक्दैन । किनभने आक्रामक धार्मिक कार्यको निष्कृय अवरोधको अर्थ आत्मसमर्पण बराबर हुन्छ । कोही भन्दछन् “दैवी नियुक्तिबाट आएको कानुनद्वारा मानवजाति विभिन्न वर्गमा विभाजित छ” यो कुरा निरक्षर व्यक्तिको दयालाग्दो तल्लो अवस्थामा अथवा शोषणकर्ताको उच्च स्थानमा मानिसलाई राख्न जानिबुझिकन गरिएको हो । यो नै कुनै सामाजिक महाभूलको परब्रह्मीकरण हो । तिनीहरु के पनि भन्दछन् भने “प्राकृतिक कानुन यस्तो आधारमा यो रहेको छ, ईश्वरको धारणामा, परमशक्तिवाद, वान सृष्टिकर्ता तथा हामी सबैका पिता, सर्वाेच्च तथा उत्कृष्ट कानुनदाता, मानवीय व्यवहारलाई इनाम दिने बुद्धिमान तथा न्यायिक व्यक्तिमा पनि ।” हाम्रो समयमा हामिले देखेका सम्पुर्ण सामाजिक अन्याय, मानवीय आर्दश र प्राप्तिबीचका आन्तरिक द्वन्द्वलाई सर्वाेच्च कानुनदाताले इच्छा गरेको व्यवस्था भन्ने हो भने कुनैपनि व्यक्तिले उसको निर्दयी स्वार्थी प्रवृतिको निष्कर्ष निकाल्नुपर्ने हुन्छ, त्यसकारण असल कुरा र न्यायको दैवीक धारणाहरुलाई पूरै रुपमा काटेर गरिने जस्तो कुरा हुन जान्छ । सामाजिक अन्याय विरुद्धको क्रान्ति र आन्तरिक द्वन्द्वलाई समाधान गर्ने कुनै सुनवाई त्यसकारण ईश्वर विरुद्धको क्रान्ति हुनुपर्दछ, जसले सो व्यवस्था बनाई त्यसलाई कायम गर्ने इच्छा गरेको हुन्छ । यसलाई बुद्धदर्शन तथा साम्यवादको प्राकृतिक दृष्टिकोण भन्न सकिन्छ ।

साम्यवाद के हो ? शुद्ध र सरल साम्यवाद अर्थात् बोलसिभिकवाद, ट्रस्किवाद, सोभियतवाद अथवा स्टालिनवाद अथवा माओवाद जस्तो विशेष मार्काको होइन– भौतिक द्वन्द्ववादको व्यवहारिक दर्शनको व्यवस्थाको रुपमा साम्यवाद, अर्थात् भौतिक विश्वव्यापी धारणा द्वन्द्वात्मक रुपमा विकसित भएको कुरा जसको अर्थ बस्तुहरुको सारभित्र नै रहेको अन्र्तद्वन्द्व बाट अध्ययन गरिने कुरा हो । यहाँनिर हामी यसकारण कुनै प्राकृतिक दर्शनको पुष्टि गरिरहेका छौ, परब्रह्मको श्रोतबाट ननिकालिएको प्रकृतिबारेको विचार व्यवस्था, भौतिकवादी, विश्वधारणा, जसले प्रकृतिको नियन्त्रण बाहिरको कुनैपनि शक्तिलाई अस्विकार गरेको छ । तत्व भन्नेकुरा पदार्थबाट बनेको अथवा निर्माण भएको भन्ने अर्थ लाग्ने कुरा होइन । ज्यादै पूर्ण तथा उग्रवादी भौतिकवादीले पनि कुनै विचारालाई कुनै रसायन अथवा भौतिक तत्वको मिश्रण अन्यकुरालाई कदापी जोड दिन खोज्ने होइन । तर उसले शक्ति र तत्व अन्र्तनिहित रुपमा जोडिएका छन भनेको हुन्छ । अन्र्तपरिवर्तनिय हुन्छन तथा उस्तैपनि हुन्छन जसलाई बेग्लै दृष्टिकोणले बुझेर हेर्नुपर्छ । दबाब, फैलाहट, अवरोध इत्यादीबाट केही उर्जा प्रयोग नगर्ने कुनैपनि पदार्थ हुन सक्दैन । तर त्यसैगरि पदार्थबाट बेग्लै कुनैपनि उर्जा हुन सक्दैन । भौतिकवादको यो आधार भएकोले साम्यवादलाई “प्राकृतिक नियमविरुद्ध स्वयम पूरै विरुद्ध रहेको” भनि दिएको तर्क कति हलुका रहेछ भन्नेकुरा प्रष्ट हुन्छ । प्रकृति स्वयमभन्दा बढि प्राकृतिक के पो हुनसक्छ ? भौतिकवाद त्यसो भए प्राकृतिक नियम विरुद्ध कसरी हुनसक्छ ? भौतिकवादले विरोध गरेको कुरा प्राकृतिक नियम नभई परब्रह्म नियम हो । जसलाई भौतिकवादले विरोध गरेको छ । बुद्धदर्शनले प्राकृतिक दर्शनको रुपमा यस्तो विरोधलाई समर्थन गरेपछि यहानिर हामीलाई सम्पर्क सहमति तथा पूरै मिलानको पहिलो विन्दु द्वन्द्वात्मक भौतिकवाद तथा बुद्धदर्शनबीच सामिप्यता प्राप्त हुन्छ । दुवैले परब्रह्मको व्यवस्थालाई अस्विकार गर्दछ, मनलाई पदार्थबाट फरक र स्वतन्त्र भनि विश्वास गर्दैनन्, ईश्वर आत्माका विचारका लागी दुवैमा कुनैस्थान रहेको छैन । मानिसको आफ्नै प्रवृतिलाई दैवीकरण गर्ने प्रयास गर्दैनन् तथा यसकारण विचार अथवा धर्मको सम्पुर्ण आदर्शवादी व्यवस्थालाई विरोध गरेका छन् ।
आत्माविहिनताको सिद्वान्तको तत्काल परिणामको रुपमा बुद्धदर्शनमा मनलाई फरक एकाईको रुपमा मानिएको छैन । पदार्थलाई आवश्यक रुपमा गति भनि प्रमाणित गरिएको अनुभवजन्य विज्ञानको अहिलेसम्मको प्राप्तिले यो कुरा पुष्टि गर्दछ । तथापी गतिको अर्थ आवश्यक रुपमा परिवतर्न नै हो । अन्र्तनिहित वस्तुलाई स्वयंमा उस्तै तथा सनातनमा समान हुनेगरि छोडेर परिवर्तन आकस्मिक रुपमा आउने कुनै कुराजस्तो भएको तात्विक वस्तु यो अब हुन सक्दैन । पदार्थनै गति हो तथा अन्य केहिपनि होइन । अन्ततः पदार्थनै उर्जा भएको कारणले पदार्थको संरक्षणको नियमलाई परिवर्तन गरिएको छ तथा यो कुरा अब पदार्थ तथा उर्जा दुवैको जोडलाई मात्र लागु हुन्छ । पदार्थ यसरी उर्जाको अस्थायी अभिव्यक्ति हुनजान्छ । कुनैपनि कुरा रहेको छैन र अहिलेसम्म रहदैन पनि तर अस्तित्वमान हुन्छ र हराएर जान्छ ।
आदर्शवादी धारणाअनुसार विश्व घटनाको पूर्णता छ जसलाई समर्थन गर्न कुनै तत्व आवश्यक छ । सम्पुर्ण परिवर्तनका पछाडी कुनै अपरिवर्तनिय एकाई रहेको हुन्छ । जुन वाह्य आकृतिमा आएको परिवर्तन वावजूदपनि उस्तै रहन्छ । ती आदर्शवादीहरुको भनाई यो हो । यो नै विश्वको अयर्थात्वादी धारणा हो । जसले आत्माका बारेमा प्रमाणित गर्न नसकिने सिद्धान्तलाई उत्पन्न गराएका छन् । बुद्धदर्शनको आत्माविहिनताको धारणाले यो कुुरालाई ज्यादै जोडदार रुपमा खण्डन गरेको छ । तथा यसलाई अङ्गगत रसायनशास्त्र तथा भौतिक शास्त्रजस्ता विज्ञानले पूरै अस्विकार गरेको छ जसले परिमाण गुणमा परिवर्तन हुन्छ भनेर देखाएका छन् अर्थात् कुनै थप अणुले सानो टुक्राको गुणलाई परिवर्तन गरिदिन्छ ।  यहानिर आदर्शवादको विरोधमा तिनीहरुको साझा दृष्टिकोण देखिन्छ । बुद्धदर्शन तथा विज्ञानको भौतिकवादी दृष्टिकोणमा कहानिर भेटहुन्छ भने कुनैपनि परिवर्तनको घटनालाई तत्वको आवश्यकता पर्दैन अर्थात् स्वयम कुनै वस्तु, कुनै आत्मा तर त्यो पदार्थ परिवर्तनशील घटना बाहेक अरु केही होइन । बुद्धदर्शन तथा साम्यवाद दुबै यस्ता दार्शनिक तथा वैज्ञानिक भौतिकवादी सिद्धान्तको व्यवहारिक प्रयोग हो । बुद्धदर्शनले मनको विश्लेषणमा भौतिकवाद लागू गरेको छ, यसको अनन्तको सिद्धान्त, यसको कर्मको नैतिक शिक्षा तथा व्यक्तिगत जीवन पद्धतीको पुर्नजन्मलाई अगाँलेको छ । भौतिकवादले भने यस्ता सिद्धान्तलाई समाजको जीवन तर्फ बढि लागू गरेको छ, सामाजिक जीवनको इतिहासतर्फ । दुवै विज्ञान भैसकेका छन । जस्तो कि बुद्धदर्शनमा मनोविज्ञान तथा भौतिकवादमा सामाजिकशास्त्र ।
तर समाजशास्त्र व्यक्तिहरुबाट समाज बन्नेभएकोले सामाजिक इतिहासको बुझाइका लागी व्यक्तिको अध्ययन आवश्यक छ भन्ने कुराका आधारमा समाजशास्त्र मनोविज्ञानमा निर्भर छ । अर्काेतर्फ मनोविज्ञान उ आफु बस्ने सामाजिक अवस्थाको उत्पादन र प्रतिबिम्ब कुनै व्यक्ति हुने भएकोले व्यक्तिगत मनलाई पूरै बुझ्न समाजको इतिहासको अध्ययन आवश्यक भएकोले समाजशास्त्रमा निर्भर छ । बुद्धदर्शन तथा भौतिकवाद हातेमालो गर्दै आदर्शवादी सिद्धान्तको विरोधमा मात्र नभई एकअर्कालाई कुरा गर्ने र व्याख्या गर्नेमा कुरामा गतिमान छन् ।
दार्शनिक व्यवस्थाको रुपमा साम्यवादलाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद भनिएको छ । सो प्रक्रियाको क्रम देखाउने ऐतिहासिक घटनामा आधारित गरि कार्यतर्फ निर्देशित गर्ने यो विचारको पद्दति हो । आध्यात्मिक तथा परब्रह्म प्रभावलाई अस्विकार गर्दै यसले आफूलाई ठीक किसिमले भौतिकवाद भनेको छ , विगतका अनुभवहरुमा निर्माण गर्दै यसले स्वयमलाई ऐतिहासिक भनेको छ । समाजमा अन्र्तनिहित, अन्र्तविरोधको रुपमा वर्ग संर्घषलाई हेरेर यसले आफूलाई ठीक तरिकाबाट द्वन्द्वात्मक भनेको छ ।

साम्यवाद भौतिकवाद मात्र होइन तर कार्ल माक्सले विकसित गरेजस्तै द्वन्द्वात्मक भौतिकवाद हो । भौतिकवादलाई एगंल्स भन्दछन् “हामिले देखिसके बमोजिम यो पं्रकृतिको साधारण धारणा हो । जसरी यो कुनै अर्काे समिश्रणको अभावमा विद्यमान रहेको हुन्छ ।” (Engels). । यसरी हेर्दा यो आर्दशवाद विपरित छ जसले हाम्रो मन मात्र विद्यमान भएको कुरालाई जोड दिन्छ तथा हाम्रो मन धारणा, विचार तथा संवेदनशीलतामा मात्र भौतिक संसार विद्यमान छ । (जोसेफ स्टालिन):(dialectical and histrocical materialism) (द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद) । लेनिनको भनाईमा “द्वन्द्ववाद वस्तुको सारभूत कुरा अन्तर्गतको अन्तरविरोधको अध्ययन हो ।” (दार्शनिक नोटबुक) वस्तुमा अन्तर्निहित अन्र्तविरोधको रुपमा पत्ता लगाइने कुराको विकासको यो अध्ययन हो । यसरी हेर्दा द्वन्द्ववाद धर्मको सोझो विरोधमा देखिन्छ जसले कारणलाई घटनाबाट बाहिर राखेको हुन्छ । पदार्थको उर्जाको वैज्ञानिक बुझाई सरहनै सम्पुर्ण जीवन निर्माण भएको तत्वहरुबीचको आधारभूत द्वन्द्व रहेको समाधान भएको जस्तोगरि– पदार्थलाई यसको वस्तु तथा उपकरण मान्ने कुरामा आधारित विचारको प्रक्रियालाई, मनलाई देखाउने कार्य पदार्थको मनमाथीको कार्यको बुझाईको सार हो यसरी हेर्दा शरिर र मनबीचको अन्र्तद्वन्द्व समाधान हुन्छ, अर्थात् विचारको कार्य । वर्गको सर्घषबारे के हो त ? कुनै यर्थाथदर्शनले सोध्नुपर्ने गरि बुद्धदर्शन तथा साम्यवादले समस्या समाधान हुनका लागी कारणलाई हटाउने कार्य उनले गर्दा इच्छा नगरिएको प्रभाव हराउछ भनेर यस्तो अन्र्तविरोधको कारणको खोजी गर्दछ ।

बुद्धदर्शनले स्वयम र अन्यबीचको द्वन्द्वलाई इच्छाको कारणले भएको मानेको छ, जसलाई परित्यागद्वारा जित्न सकिदैन तर स्वयमविहिनताको बुझाईबाट सकिन्छ, जसमा स्वयम तथा अन्यबीचको फरक स्वतः हराएर जान्छ । द्वन्द्वात्मक भौतिकवादले वर्गबीचको सघर्षलाई उत्पादनको व्यवस्थाको कारणले भएको देखेको छ जसले समाजलाई दुईमूखे वर्गमा विभाजित गरेको छ । अर्थात् ती व्यक्ति जसका अधिनमा उत्पादनका साधन रहेका छन् तथा ती व्यक्तिहरु जसले आफ्नो श्रम विक्रि गर्दछन् । इतिहासको क्रममा उत्पादनका साधनहरुपनि धेरैनै परिवर्तित भएका छन् तथा त्यसकारण वर्गसघर्षपनि विभिन्न नारा अन्र्तगत गरिएको छ । हातले श्रम गर्ने कुरा नै जीवनको उपाय प्राप्तगर्ने व्यवस्था भएकोमा चाकरीको व्यवस्था थियो । जसमा चाकरको मालिकले आफ्ना चाकरहरुलाई खाली उत्पादनको उपकरणमात्र ठानेको हुन्थ्यो । जब सभ्यताको विकासले बुन्ने इत्यादीका लागी सामान्य औजार आएपछि कामदारमा केही दायित्व आवश्यक भएपछि चाकर केही व्यक्तिगत स्वतन्त्रता सहित नोकरमा परिणत भयो तर उत्पादनका औजार भूमिपतिकै आफ्नै मात्र सम्पति रहिर-यो । बढ्दो सभ्यताको विकासले अझ बढि जटिल यन्त्रहरुको उत्पादन भयो जसलाई ठुला पूजिपतीले बाहेक अरुले आफ्नो स्वामित्वमा सम्भवतः राख्न नसक्ने भए । उत्पादनका साधनहरु उनकै मात्र सम्पति भएकाले कामदारहरुले बढि स्वतन्त्रता प्राप्त गरे किनभने यन्त्र र कारखानाले उनीहरुलाई उनीहरुको जागिरदातासँग आवद्ध गरेको हुन्थ्यो । यसरी हेर्दा कामदारहरुको अवस्था देखिने रुपमा सुध्रेपनि उत्पादनका साधनका मालिकहरुकै दयामा उनीहरु निरन्तर रहिरहेका थिए ।  आफ्नो स्थान सुरक्षित राख्न खोज्ने स्वामीको एकातिर आफ्नो स्थान कायम राख्ने प्रयास तथा अर्काेतिर आफ्नो अवस्थामा सुधार ल्याउन खाज्ने कामदारबीचको यो विरोध, वर्गसघर्ष इतिहासको विभिन्न चरणमा भएको उत्पादन प्रक्रियाबाट उब्जेको हो । यो उत्पादनको व्यवस्थाको अग्रगामी अवस्थाले नै सरकारको स्वरुप तथा धर्मसम्मको पनि रुपलाई अप्रत्यक्ष रुपमा निर्धारण गरेको हुन्छ । Apostles का कार्यहरुमा वर्णन गरिएका हामिले पाएजस्ता क्रिश्चियन धर्मका उत्पत्ति पेलेस्टाइनमा अविकसित आर्थिक अवस्था भएको बेलामा भएको थियो । जसलाई रोमन राम्राज्यमा हालै गाभिएको थियो । प्राकृतिक रुपमा अविकसित साम्यवादका ती आर्थिक अवस्थाहरु अविकसित चर्चको अलिखित कानूनमा प्रतिविम्वित भएका थिए । जहाँ प्रत्येक व्यक्तिले आफ्नो सम्पुर्ण सम्पतिलाई  Apostles  को पाउँमा समुदायको फाइदाका लागी राख्नुपर्ने परम्परा रहेको थियो । तर चर्च आध्यात्मवाद, प्राकृतिक घटना र वस्तु, धर्म तथा रहस्यवादका आदर्शवादी जगमा आधारित भएकोले यो लामो समयसम्म रहन सकेन तथा Ananias तथा Sapphira जस्ता भौतिकवादी व्यक्ति पत्ता लागे जसले Holy ghost -Acts v, 1-10) विरुद्ध आफ्ना सबैकुरा समुदायलाई समपर्ण नगरी पाप गरेका थिए । उनीहरु सो स्थानमा मरे । जसलाई ज्यथि नजयकत द्वारा मारिएका थिए । जुन कार्यलाई अहिलेको समयमा कालो जादु भनी निन्दा गरिने हुन्छ ।
तर हालै जितिएका यी प्रान्तहरु बाहिर जब नयाँ धर्म फैलिन थाल्यो, तब यो यस्तो संसारमा आइपुग्यो जसमा अर्थतन्त्र तथा उत्पादन अविकसित साम्यवादद्वारा अब नियमति गरिएको थिएन । तर यो चाकर र चाकर मालिकको संसार थियो । पेलिस्टाइनमा अगााडी पनि चाकरी पनि थाहा थियो भनी विरोध गर्न सकिन्छ । तर ती चाकरहरु मुख्यतः अन्य देशबाट आएका युद्धवन्द थिए, जसले Hebrew धर्मलाई अगाँलेका थिएनन् । आरम्भमा धर्म परिवर्तन गरेकाहरु खासगरि Hebrew हरुबाटै आएका थिए र त्यसलै आफ्नो उत्पत्तिको भूमिमा सिमित रहेसम्म अविकसित चर्चलाई चाकरीको आर्थिक अवस्थाले खासै असर परेन ।
ग्रिस र रोममाा क्रिश्चियन धर्म आएपछि भने समानताको मंत्रतर्फ ती देशका विशाल चाकर जनसंख्या प्रारकृतिक रुपमा समानताको मंत्रबाट आकर्षित भए– यो जीवनमा आर्थिक समानता नभएतापनि आउने जीवनमा कममा पनि सामाजिक सुरक्षा अथवा वरिष्ठता पनि प्राप्त हुनेकुरामा । किनभने “दरिद्रलाई वरदान छ, किनभने तिनीहरुको अधिराज्य स्वर्गको हुनेछ ।” (MTV, 3) यसरी चर्चमा भैरहेका चाकरहरुले गर्दा चर्च आफैनै चाकर समस्यामा रल्लिन पुग्यो । क्रिश्चियन धर्मलाई सजाय दिइरहेको एक शताब्दी अथवा अलि बढी समयसम्म चाकर र चाकर मालिकबीचको फरकमा जोड दिइएन किनभने सम्पुर्ण आन्तरिक शक्तिहरु यो अस्तित्वको सघर्षका लागी एकत्रित हुनुपर्ने भयो । तर जब चर्चले साम्राज्यवादी संरक्षणद्वारा आफ्नो टाउको उठाउने वितिक्कै चर्च स्वयमनै चाकरको मालिक हृुन पुग्यो । चाकरतन्त्रलाई सहन गरिनेमात्र नभई चर्चले यर्थात्मा यसलाई प्रोत्साहित ग-यो तथा चर्चकै सल्लाहमा अमेरिकामा पनि यसलाई प्रवेश गराइयो । जारको रुसमा कुल चाकर जनसंख्याको सय भागको आठ भाग चर्चकै स्वामित्वमा थियो । अविकसित पितृसत्तात्मकवादबाट चाकरको स्वामित्व भएको समुदायसम्मको आर्थिक उत्पादनको यो परिवर्तनले गर्दा आफ्नो सिद्धान्त र अभ्यासमा क्रिश्चियन धर्मले यो कुराको प्रतिविम्व देखाएको थियो । नया कट्ठर पद्दति तथा अभ्यासजस्ता पुल्पुलाहटले गर्दा मानिसहरुलाई क्रिश्चियन धर्मावलम्वीहरुको सैनिक फैलाहट सुरुगर्न प्रोत्साहित गरियो । यो यस्तो प्रवृत्ति थियो जसले के प्रमाणित ग-यो भने धार्मिक उत्साहको खोलमा कतिबढी दुष्ट्याई लुकाउन सकिन्छ भन्नेकुरालाई प्रमाणित गरियो । प्राकृतिक रुपमा यसप्रकारको पुल्पुलाहटको विक्रिलाई खासगरी त्यस्ता व्यक्तिहरुले मन पराएनन् जसको आफ्नो पापलाई किन्ने उपाय थिएन ।
चाकरतन्त्रको दासत्ववादको विकासले मानिसलाई केहिबढि स्वतन्त्रता प्रदान ग-यो तथा लगत्तै चर्चलाई पनि भन्ने कुराले आफ्नो धर्म विरुद्ध कार्यगर्ने अर्थात् सोच्न सक्ने मानिसहरुको विचार देखायो । तर तिनीहरुलाई तिनको साहसले गर्दा यातना दिई जलाइएको थियो । तैपनि मानिसले अलिबढि आर्थिक स्वतन्त्रता प्राप्त गरेतापनि यसप्रकारको स्वतन्त्रताको उपभोग गर्ने उपाय भने केही सामन्ती भूमिपतिहरुकै हातमा रहेको थियो । सम्पुर्ण व्यक्तिगत चलाखीले पनि सो मन पर्ने सामन्तवादको चक्रलाई तोड्न सकिदैन थियो ।
तर सभ्यता अगाडी बढ्दै गयो र इतिहास अगाडी बढ्ने क्रममा उत्पादनका उपायहरुमा नयाँ विकास आए । तथा यस्ता नयाँ परिवर्तन र सुधार धार्मिक विषयमा पनि देखिए ।  Calvin द्वारा प्रतिपादित पूर्वनिश्चितताको १६ औँ शताब्दीको सिद्धान्त क्रिश्चियन सुधारवादको आधारभूत विचार बनाएको छ । यो सिद्धान्त अनुसार मानिसको कार्यले मानिसलाई मुक्तिको पूर्वनिश्चितता प्राप्त नभएमा स्वयम लाई बचाउन सकिदैन तथा पुर्ण चलाखीले पनि उसलाई सफलताको ढोका खोल्न सक्ने बनाउँदैन । मध्यमवर्गीय मानिसहरुले यो पूर्वनिश्चितताको सिद्धान्तलाई बढी प्रयोग गरेका थिए । जसले उत्पादनका साधनहरुको स्वामित्व राखेका थिए । उनीहरुले सर्वहारावर्गलाई शान्त र आज्ञाकारी बनाएर राख्न यसको प्रयोग गरेका थिए । केही व्यक्तिहरुको हातमा सिमित रहेको उत्पादनको साधन थुप्रिने कुराले पनि अगाडी नसुनिएको शोषणतर्फ समाजलाई डोह-यायो । आफ्ना जीवनका लागी चाहिने आवश्यक कुरासम्म प्राप्त गर्न नसकिने यस्ता कामदारको फौजको सिर्जनाले तथा कारखाना मालिकहरुको फाइदाका लागी वस्तुहरुको मूल्य बढाएर उत्पादन घटाउने कार्यले गर्दा प्रतिक्रिया जन्मियो र अन्ततः क्रान्तितर्फ डाहो-यायो । बुद्धदर्शनले द्वन्द्ववादको नियमलाई कुनै अपवाद बनाइएको छैन । यसका प्रर्वतक भारतको उत्तरमा बाँचेका समयमा अहिलेको यान्त्रिकयुुयगद्वारा लादिएकोजस्तो जटिल पक्ष समाजमा थिएन । जातका फरकहरु चार मुख्य भागमा कममा पनि रहिरहेतापनि पितृसत्तात्मक भावना विद्यमान थियो । पुरोहितवादको प्रभाव धेरै बलियो थिएन किनभने ब्राह्मणहरुलाई नै उच्चतम वर्ग मान्न छाडिएको थियो । युद्ध गर्ने वर्ग क्षत्रीयहरुलाई समानको स्थान दिइएको थियो । कुनैपनि मानिस जन्मेदेखि सम्रान्त हुदैन तर गुण तथा प्राप्तिबाट मात्र सम्रान्त हुन्छ भन्ने बुद्धको शिक्षाको तत्काल स्विकृतिका लागी पक्कैपनि यो एकिकरणको सैन्य भावनालेनै बल पु-याएको थियो । यो कुरालाई पुष्टानी पुरोहितवादले मन नपराएको कुरा प्रष्टभन्दा पनि प्रष्ट छ । बुद्धले पनि निर्माण गरिसेकपछिको तुलनात्मक रुपमा छोटो समयमा नै १७ भन्दा बढी धार्मिक ज्ञान विद्यालय अस्तित्वमा आइसकेका थिए । यसलाई निन्दा गरिएतापनि धेरैपटक राजकीय समर्थनद्वारा यीनीहरुले आफूलाई कायम राखेका थिए । पूर्वीय देशहरुको अधिकांश बढीभाग तथा खासगरि भारतमा यूरोपले उत्पादनका उपायहरुमा आएको परिवर्तन देखेजस्ता ती क्रान्तिकारी परिवर्तन व्यहोर्नु परेको छैन । भारतमा चाकरी श्रम कदापी देखिएको छैन । जसको उग्ररुपमा मालिकहरुलाई चाकरको ज्यान लिने अधिकारसम्म रहेको थियो । ३००० वर्ष अघिको भारत र अहिलेको भारत पश्चिमाकरण भएका नगरहरुबाट टाढा रहेका भागमा सामन्ती थियो तथा अझै सामन्ती छ । पुरोहितवादले आध्यात्मिक शक्ति पुर्नप्राप्ति गरेको कुराको अपवादमा धार्मिक दृष्टिकोणमा खासै परिवर्तन भएकै छैन । तर अहिले भने जीवन र यसका समस्याहरुबारेको दृष्टिकोणलाई वैज्ञानिक प्रभावले परिवर्तन गरिरहेपनि धार्मिक व्याख्याले इमान्दारितापूर्वक सोही कुरानै देखाएको छ । हिन्दुदर्शन तथा बुद्धदर्शन दुवैको आवश्यक कर्मको सिद्धान्तको उदाहरणलाई हामीले लिएर हेरौँ । हिन्दुदर्शन तथा सामन्ती बृुद्धदर्शनमा यो शिक्षाले भाग्य तथा प्रारब्धको नै व्याख्या बढ्दो रुपमा गरिएको पाइएको छ ।

शासकवर्ग अथवा जातको हितमा यसप्रकारको यथास्थिति हितमा कायम गर्नु आवश्यक थियो । जसबाट कम भाग्यशालीहरुलाई अगाडी बढ्न पूर्वरोक लागाएर सकिन्थ्यो । यसको जल्दोबल्दो उदाहरण निशुल्क शिक्षा विधेयक विपरित नामगत विद्यालयहरुको बलियो विरोधनै हो । कर्मको नियमलाई कारण तथा प्रभावको अपरिवर्तनीय नियमको रुपमा व्याख्या गर्दा स्वभाविक रुपमा आम जनतामा एकप्रकारको नैराश्यताको उत्पत्ति हुन गयो । जसले प्रत्येक व्यक्तिलाई आफ्नै स्थानमा कायम ग-यो । बितेको जीवनको कारणको रुपमा यो जीवनमा प्रभाव उत्पन्न गराउने कार्य कर्मको हो भन्ने कुरा सत्य हो । तर शुद्ध बुद्धशिक्षामा भने प्रभावसँग सम्बन्ध नभएको यो वाह्य कारण हो भनेर कहिले पनि भनिएको छैन । माक्सले पनि के भनेका छैनन् भने प्रभुत्वमान भएतापनि सामाजिक व्यवहारलाई शासित गर्ने आर्थिक शक्तिमात्र हुन । नत व्यक्तिहरु भौतिक उद्देश्यबाट मात्र कार्य गर्दछन् भनेका छन् । कार्ल माक्सको विचारमा “कुनै पनि समाजमा उत्पादनका केही भौतिक शक्तिहरु रहेका हुन्छन् । उत्पादनका अवस्थाहरुमा राम्ररी रोजगारी दिन समाजका शक्तिहरुको बन्दोबस्त आवश्यक पर्दछ । यस्ता उत्पादनका शक्तिहरुलाई पुनः प्रयोग गरिनु पर्ने भएमा कहिलेकाही सामाजिक शक्तिहरुले व्यक्तिगत सम्पति नियन्त्रण गर्ने राज्यको आधिकारित्वको ढाँचा लिनुपर्ने हुन्छ ।” राजनीतिक संस्थाहरुको विशेष रुप त्यसकारण पछाडी रहेका सामाजिक आर्थिक अवस्थामा निर्भर हुन्छन् जुनकुरा तथापी गतिशील रहेका हुन्छन् ।

अब यहीनै कर्मको शिक्षा हो भन्न सकिन्छ । प्रारब्धको मालिकको सामन्ती नोकर हुने अर्थ कर्ममा कदापी थिएन । कर्म भनेको कार्यहो अर्थात् वर्तमान अवस्थामा नियन्त्रण गर्ने शक्तिः तर यस्तो नियन्त्रण कार्यशक्ति स्वयममा नियन्त्रित छ अथवा विगतका कार्यहरुद्वारा निर्माण भएका कार्य जसलाई विगतका भौतिक शक्तिहरुले परिणामको रुपमा बुझाउन आफ्नो उपस्थिति जना:एका हुन्छन् भनेर पनि हामीले भन्न सक्छौ । काम नयाँ कार्य हो । तर यसले व्यक्तिगत प्रवृत्ति बमोजिम कार्य गर्दछ । अर्थात् ……….. यसरी हेर्दा वर्तमान विगतद्वारा निर्माण भएको छ र यसमा विगतका तत्वहरु रहेका छन् । यसको अर्थ वर्तमान खाली विगतको मात्र विकास होइन  अर्थात् कुनै कारणको पछि हुने परिणाम आदर्शवादी धर्ममा रहेका हुन्छन् । तर बुद्धदर्शनले कारणवादीताको सट्टाको निर्माणवादीताको शिक्षा दिएको छ । विगतका कार्यहरु महत्वपूर्ण प्रभाव हुन तथापी तिनीहरुले सामाजिक अवस्था सुहाउदो भएमा मात्र आवश्यकत प्रभाव उत्पन्न गर्दछन् । त्यसकारण प्रकृतिक प्रतिक्रियालाई उत्पन्न गर्न कार्यको निरन्तर सघर्ष रहने हुन्छ । आफ्नै प्रकृति अनुसार प्रतिक्रिया भने वाह्य अवस्थाको विषय हुन्छ । जुन कुरा सहायक प्रतिरोधात्मक अथवा विनाशकारी सम्मपनि हुन सक्छ । यहानेर हामी कर्मको द्वन्द्वात्मक तत्वलाई देख्छौ जुन सघर्षबाट आएका प्रवृति हुन । तथा त्यसले आफैमा आकर्षण तथा विकषर्ण, लोभ अथवा घृणाद्वारा जन्माइएका अरु सर्घष हुन्छन् । कर्म अथवा मानिसको कार्य आवश्यकत सामाजिक तथा सहकारी प्रक्रिया हो किनभने यस्तो कार्य सुरु हुदा र अन्त्य हुदा निर्माण गरिएको हुन्छ । त्यसकारण कुनै एउटा व्यक्तिले आफ्नो एक्लो कार्यबाट के कति उत्पादन गरेको छ भन्ने कुरा बताउन असम्भव हुन्छ ।

आफ्नो इच्छा राम्रो अथवा खराब जे भएपनि मानिसले इच्छाबाट नै कार्य गर्दछ । खाली उसको इच्छाले नै उसको कार्य नैतिक वा अनैतिक बनाउँदछ । तर यस्तो इच्छाको कार्यलाई व्याख्या गर्न खाली उसको दुृषित इच्छाको तथ्य मात्र प्रस्तुत गरेर प्रर्याप्त हुँदैन । के सत्य हो भने कुनै मानिसले अपराध गर्ने इच्छा गरेर अपराधगरेको हुन्छ । तर उसले किन अपराध चाह्यो त ? पक्कैपनि उसको कुनै पनि आन्तरिक आवश्यकता पुरा गर्न नै हो । तथा सो कारण उत्पन्न गर्ने व्यक्ति यो दुष्ट कार्य जुन पछि भयो सोका लागी आंशिक रुपमा दायित्ववान हुन्छ । आफ्नो कम तलबद्वारा पुरा गर्न नसकिने सुखको इच्छा पुरा गर्न कुनै व्यक्तिले घुस खाएको छ भने ती सबै व्यक्ति जसले सो भोग सुखको विज्ञापन गरेर सिर्जना गर्दै उनलाई इन्द्रिय सन्तुष्टिको उदाहरण दिदैँ उपाय भने नदिएर त्यो सुखको ज्ञान दिन इन्कार गरी जुन इन्द्रियको इच्छा होइन तर जसले सत्यको बुझाई र अन्र्तदृष्टि प्रदान गर्दछ– यी सबैकुरा सो दुष्ट कार्यका लागी दायित्ववान छन् । कुनै अनैतिक कार्य दोषीद्वारामात्र निन्दित भएर पुग्दैन किनभने उसलाई उत्पन्न गर्ने सम्पुर्ण समाजलाई सो दोष जानुपर्दछ । अपराध गरिबी, निरक्षरता, राष्ट्रकै सम्पुर्ण मानवजातीको प्रतिष्ठामाथिको दाग हो । यसरी कसैले कर्म अर्थात् आफ्नो कार्यलाई बुझेमा सो व्यक्ति ज्यादै होसियार तथा संवेदनशील पनि हुन्छ । यो एकात्मकताको भावनाबाट नै जु शुद्ध तथा अराजनैतिक साम्यवाद हो । कर्मले व्यक्तिवाद तर्फ डोहो-याउदैन राम्ररी बुझेका खण्डमा । “आफु” नभएमा कार्य व्यक्तिको हुन सक्दैन तथा यस्तो कार्यको राम्रो अथवा नराम्रो प्रभाव पनि व्यक्तिगत हुन सक्दैन । सम्पुर्ण कार्यले सामाजिक दायित्व बोकेको हुन्छ :उत्पादन अथवा प्रभाव समाजकै हुन्छ । आर्थिक व्यवस्थाजस्तै नैतिक व्यवस्थापनि आवश्यकत एउटै हुन्छ । केही शोषणकर्ताले चोरेर लग्नु सट्टा आर्थिक मुनाफा कामदारहरुको समुदायलाई प्राप्त हुनुपर्दछ, भनेजस्तै व्यक्तिगत आत्मालाई आदर्शवादी, धार्मिक, आध्यात्मिक हिसाबले व्यक्तिगत इनामको रुपमा प्रतिज्ञा गरिए जस्तै व्यक्तिमा जानु हुदैन – तर नैतिक मुनाफा स्वामित्वले ग्रहण गर्ने हुनुपर्दछ । यो नै नैतिकताको बुद्धदर्शन हो ।

जहाँ गुणलाई गुणको लागी अभ्यास गरिन्छ ।सबैको असलको लागी कुनै व्यक्तिको उद्देश्यका लागी होइन किनभने अर्काे जीवनमा फलप्राप्त गर्ने (स्व) रहेको हुदैन । पुर्नजन्म त छ तर यो आत्मारहित छ । समुदायतर्फको आफ्नो कर्तव्य गरेको सन्तुष्टि प्राप्त गरेपछि राम्रो प्रभावको पुर्णाशं शुधारका लागी जान्छ– समाजको नैतिक, सामाजिक अथवा आर्थिक जसको सहयोगमा सो राम्रो कार्य गरिएको थियो । वर्गविहिन समाजमा जहा सबैमानिसको समान मौका तथा आफ्ना आवश्यकता अनुसार समान पारिश्रमिक रहेको हुन्छ भने केही विरोध आउँछ भने कर्मको नियमबाट नैतिक बदलाको कुनै प्रयोग गर्ने क्षेत्र रहदैन । अर्काे शब्दमा, सबैलाई आ–आफ्नो कार्य अनुसार दिने बुद्धदर्शनले कर्म उसको आवश्यकता अनुसार प्रत्येकलाई दिने साम्यावादी आदर्शलाई काटेको देखिन आउँछ ।, केही मानिसहरुको एउटा समुहले मिलेर कुनै साझा आदर्श प्राप्तितर्फ प्रयाश गरिरहेका छन भने त्यसले कार्यको समानता देखाउछ त्यसकारण समानताको प्रभाव प्राप्त गराउँछ भन्ने तथ्यलाईनै पहिले यसको उत्तरमा दिन सकिन्छ । केहीगरि विश्वका सबैभागमा साम्यवाद बलियोसँग स्थापित भएमा यसले खाली के देखाउँछ भने लाखौँको साझा कार्यले सबैलाई प्रभाव पार्ने असर उत्पादन गरेको हो । तथा यो कुरा कर्मको नियम बमोजिम नै भएको हो । तरपनि साम्यवादले वर्गविहीन समाज स्थापना गरि वर्ग सघर्षलाई समाधान गर्न सफल भएतापनि, विज्ञानले प्रगति गरि रोगहरुलाई प्रभावकारी रुपमा उपचार गरेतापनि, वृद्ध उमेरको रोग सधैँ रहिरहनेछ जुन मृत्युमानै अन्त्य हुनुपर्नेछ । तथा जीवनलाई बढी सुविस्ताजनक बनाउन खोजिएपछि यसबाट छुट्टिन्न झन बढि कठिन हुनेछ । यसबाट मानसिक सघर्ष अर्थात् दुख झन बढि हुनुेछ । जुन कुरालाई कुनै पनि वर्गविहीन समाजले नामेट पार्न सक्दैन् जहाँ कर्मको नियम अनुसार बदला चुकाउँन मानसिक कार्यको असमानताले आफ्नो कार्यअनुसार सधैँ ज्यादै उर्वर भूमि प्राप्त गर्नेछ ।

अब के कुरा प्रष्ट हुनेछ भने मानिसको प्रारब्ध निर्धारण गर्ने भाग्यवादको रुपमा कर्मको कार्यलाई बुझ्नेकुरा पुरै त्रुटीपुर्ण धारणा रहेको थियो । तर ऐतिहासिक विकासक्रमको परिप्रेक्षमा यो दुव्याख्यालाई पढ्दा हामी के देख्छौ भने यो भाग्यवादी सिद्धान्त सामान्ती व्यवस्थासँग कति राम्ररी मिलेर रहेको थियो जसबाट भारत तथा श्रीलङ्काका धेरै भाग अझै मुक्ति नपाइसकेको अवस्थामा छन् । फेरिपनि एकचोटी भन्दा कर्म भनेको वर्तमान कार्य हो जसले विगतको कार्यबाट विकसित भएका अवस्था अन्र्तगत कार्य गरेको हुन्छ । कुनै कार्यप्रतिको यो पूरै प्रतिक्रिया हो जसले कुनै बुद्धदर्शनवादीलाई मुक्तिको शक्ति प्रदान गर्दछ । जसका अभावमा संसारबाट उम्किन सम्भव हुँदैन । यो मानवीय प्रवृत्तिको दैवीकरणको प्रयास होइन जब मानीसलाई स्वयम आफ्नो मुक्तिदाता भनिन्छ । तर यो कुरा परब्रह्म हस्तक्षेप वाहेक तथ्यको निरुपणसम्म मात्रै हो ।
धर्मका विभिन्न रुप संसारका खाली विचारमात्र हुन् तथा जुन अवस्थामा मानिस बसेको छ ती अवस्थाकै हुन् । जब मानिस निरक्षर थियो तथा आधारभूत रुपमा कृषक थियो । त्यसबेलामा उसको ईश्वरनै “पशुको मालिक” थियो । (Pater meus Agricola est, said Jesus of himself. Jhon XV, 1) मानिसका पापहरु सधैँनै उसका ईश्वरहरुमा प्रतिविम्वित भएका छन् तथा मानिसका आर्दशहरु उसका मूर्ति भएका छन् । सामन्तवादका समयमा धेरै साना देवता तथा एउटा सर्वाेच्च देवताको सिद्धान्त ट्याक्कै मिलेको थियो । पूर्वनिश्चितताको सिद्धान्तले कामदारलाई तलै राखेको थियो । भौतिकवादको संसारले स्वभाविक रुपमा परब्रह्म तथा सर्वशक्तिमानको धारणालाई उसले आफैले यसलाई प्रेम भनेतापनि पन्छाएको छ ।   कर्मको नियमलाई पुर्वनिश्चितताको नियम भनेर बयान गर्नु बुद्धदर्शनलाई अन्याय पर्न जान्छ । यो कर्मको विचार हिन्दुधर्मको यसका धेरै ईश्वरहरु आत्माको पुर्नजन्म तथा यसका नजानिएको र जान्न नसकिने ब्रह्म सहितको हो । विदेशी शोषणबाट आर्थिक दास भएर बन्धकमा रहेको, रजौटाहरुको सामन्ती व्यवस्थाबाट राजनीतिक रुपमा बाधिएको, नराम्रो जातको व्यवस्थाबाट बौद्धिक रुपमा बाधिएको तथा अन्धविश्वास र पुरोहित कलाबाट धार्मिक रुपमा बाधिएको भारतको यो कुरा अझपनि आवश्यक परिणाम हुनसक्छ । तर बुद्धदर्शनले जातको फरक स्विकार गर्दैन यसका पुरोहित छैनन तथा बलिप्रथा छैन । यसले अन्धविश्वासलाई निन्दा गर्छ तथा स्वतन्त्र विचारलाई प्रोत्साहित गर्छ । सो रहित पद्दतीसँगको बुद्धदर्शन अनन्तको पद्दतीमा छ । जसमा कार्यसम्म पनि सोको हुदैन जहा स्वर्ग र नर्क संसारभित्रै प्राप्त गरिन्छ, जहाँ मानवीय रुपमा उच्चतम स्वतन्त्रताको निर्वाणलाई मानवीय रुपको मनको स्वतन्त्रतामा खोज्न सकिन्छ– यस्तो बुद्धदर्शन अन्धविश्वास, डर, कुनैपनि रुपको दासत्वबाट मुक्त हुन्छ ।

दर्शनको व्यवस्थाका रुपमा बुद्धदर्शन तथा साम्यवाद दुवै पं्रकृतिमा आधारित छन् तथा सम्पुर्ण आर्दशवाद तथा परब्रह्म सिद्धान्तहरुलाई अस्विकार गर्दै यी आधारभूत दार्शनिक विचारहरुलाई व्यवहारिक मुल्य प्रदान गर्ने प्रयास गरिरहेका छन् । यहाँ तरिका केहीमात्रामा फरक भएपनि आम जनताको शत्रुहरुको मनमा बाहेक तरपनि यहाँ यर्थात् विरोध रहेको छैन । वुद्धदर्शन तथा साम्यवाद दुवैले खाली सुधारले दुष्ट्याईबाट पुरै स्वस्थता प्राप्त हुदैन भनेका छन् । क्रान्तिकारी परिवर्तन एउटा यर्थात् क्रान्ति हुनुपर्दछ । कुनै प्रकारको पुर्नमिलन प्रयाप्र्त हुँदैन । प्रयासको पुर्ननिर्देशिकरणले कहिलेपनि सत्य निदान प्रदान गर्दैनन् किनभने ती कुराहरु आफ्नै जरामा स्वार्थी छन् । तर स्वार्थलाई पुरै उखलेर सो लाई समुदायमा मिलन गरेमा यसले व्यक्तिगत सम्पतिलाई पनि चोरेको मान्दछ । तथा समुदायको फाइदाका लागी व्यक्तिगत अधिकारलाई समर्पण गरेमा यस्तो कुराले मात्र संसारलाई स्वर्ग बनाउँछ । जसलाई स्वार्थी एकलकाटी कुराले बारम्बार राष्ट्रवादी पृथकतावाद तथा सघर्ष तथा युद्धतर्फ डो-याउने साम्राज्यवादीले नर्कमा परिवर्तन गरेको छ । धर्मका नाममा थुप्रै युद्ध लडिएका छन् जसले गर्दा क्रिश्चियन धर्मका प्रवर्तकका लागी शान्तिको राजाको पद कमाउन गाह्रो भएको छ । जसले आफुलाईनै यसो भनेका छन् : “म शान्ति ल्याउनका लागी नभई तरवारका लागी आएको छु ।” (MT. MtX.34)
तर केही कुरामा पनि विश्वास नगर्ने, ईश्वर, आत्मा तथा सनातनजस्ता परप्रकृतिलाई अस्विकार गर्ने र जसको उद्देश्य एउटै उद्देश्य यो संसालाई स्वर्ग बनाउने हो, त्यस्तो भौतिकवादीलाई पूरै सन्तुष्टि प्रदान गर्ने बुद्धदर्शननै एउटै विचारको व्यवस्था देखिन आएको छ, जसले कहिले पनि बलपुर्वक धर्म परिवर्तन गरेन तर सत्यमै स्वतन्त्र खोज सधै गर्ने कुुरामा जोड दिएको छ । साम्यवादलाई हिंसाका लागी निन्दा गर्नु निरर्थक छ । तर साम्यवादका लागी हिंसाको आरोप आवश्यक भएपनि बुद्धदर्शन आवश्यकत अहिंसावादी छ भन्ने कुुरा ज्यादै सतही देखिन्छ । किनभने देवदत्त देखि बुद्धका अन्य शिशुहरु तथा यशूक्रिष्टको judas लाई प्रदान गरिएको बाह्र सुत्रका लागीपनि साम्यवादका लागी मात्र हिंसा रहेको छैन । साम्यवाद आवश्यकत अहमवादी छैन । किनभने यसले समुदायका आधारमा विचार गर्छ तथा केही व्यक्तिहरुलाई मात्र समर्थन गर्दैन । त्यसकारण यसको आदर्श कुनै अहमवादी दृष्टिकोणसँग सघर्षमा आउँछः पूजीवाद, साम्राज्यवाद, चर्चवाद इत्यादी किनभने यस्ता उपायद्वारा केही व्यक्तिले आम जनतालाई शोषण गर्दछन् : पूजीवादीहरुले श्रमिकलाई शोषण गर्दछन् । साम्राज्यवादीहरुले आफ्ना अधीनका उपनिवेशलाई शोषण गर्छन् । चर्चका व्यक्तिहरुले वाह्य सुख, पुरोहितले प्राप्त गरेका अस्थायी वस्तुहरुको विनिमयमा अर्काे जीवनमा प्राप्त हुन्छ भनी प्रतिज्ञा गरी आफ्ना भक्तहरुलाई शोषण गर्छन् । साम्यवादमा शोषणविरुद्धको सघर्ष बुद्धदर्शनमा इच्छा विरुद्धको सघर्षभन्दा ज्यादै खराब छैन । शोषण तथा इच्छा दुवैको जरो अज्ञानमा छ किनभने शोषणकर्ताले के कुरा बुझ्दैन भने केही क्षणिक मुनाफा उसले प्राप्त गरेतापनि दिर्घकालीन रुपमा उसले वर्गसघर्षलाई चर्काएर आफैलाई बर्वाद गरिरहेको हुन्छ । यसप्रकारको अज्ञानलाई जित्न खाली तर्कको बलले मात्र कहिलेकाही पुग्दैन । जसरी भित्रैदेखि जरा गाडेका खराब बानीलाई जित्न कुनै व्यक्तिले बल प्रयोग गर्नुपर्ने हुन्छ । जसलाई कारणवादीताले निर्मुल नगर्नु भनेको हुन्छ । त्यसैगरि कारणवादीता स्वयमलाई स्विकृति दिलाउन नसकिएमा कुनैपनि राष्ट्रको कार्यलाई पनि नियमित गर्नुपर्ने अवस्था आउछ । आफ्नो आवश्यकता अनुसार । प्रत्येक व्यक्तिलाई प्रदान गर्नुपर्ने कुरा यति मानवीय तथा यति प्रकृतिकवादी हो ताकी यसलाई कसैलेपनि काट्न अहिलेसम्म साहस गरेको छैन । तर पनि उचित पद्धती प्रयोग गर्न आफुलाई तयार राख्नुपर्दछ । अर्थात् प्रत्येक व्यक्तिलाई उसको क्षमताअनुसार प्रदान गर्नेकुरा पूजीँवाद मुर्दावाद भनी नारा लाउँनुभन्दा हामी सबैले व्यक्तिगत रुपमा प्रत्येकलाई उसको आवश्यकता अनुसार दिइएको छ भनि उचित दावी गर्नुअघि प्रदान गर्नुपर्दछ । साम्यवाद वर्तमान अवस्थामा अझै उत्कृष्ट भएको छैन तथा पूरै विकसित भएको छैन । यसले अस्तित्वको लागी अझै सर्घष गर्नुपरेको छ । हस्तक्षेपको वाह्ययुद्ध तथा अन्र्तध्वंसको आन्तरिक प्रयासद्वारा यो सर्घष लादिएकोछ :यो विकासको पिडाजनक प्रक्रिया हो जसले प्रतिरोध बढाउनुपर्ने कुरालाई आवश्यक तुल्याएको छ । तर यो आवश्यक छैन । किनभने पुर्णअधिस्थान प्राप्त भएपछि यो कुरा प्राकृतिक रुपमा हराउने छ । बुद्धदर्शनमा इच्छा आवश्यक नभएजस्तै इच्छालाई तर जित्नुपर्ने हो भनिन्छ तथापि यस्तो इच्छा नभएको उत्कृष्ट व्यक्ति वाहेक अन्यकुनै बुद्धदर्शनवादी रहेको छैन ।

त्यसैगरि साम्यवादका लागी हिंसा आवश्यक छैन तर त्यसलाई जित्नका लागी हो । कुनै पिताले आफ्ना शिशूका चिरफारका लागी अनकनाइकन निर्णय गर्नुपर्ने हुन्छ । त्यसैगरी उत्पादनको अवस्थाले गर्दा केही आर्थिक उपायहरु आवश्यक हुन्छन जुन केहीका लागी पिडाजनक हुन्छन । जस्तोकि व्यक्तिगत उद्यमीका लागी अपरिमाणात्मक भएपनि सम्पुर्ण समुदायलाई भने फाइदाजनक हुन्छ । जब हाम्रा आवश्यकता पूर्ती हुन्छन तरपनि हामी थपको लागी इच्छा गर्छाै भने यसलाई भेष बदलेको वरदान भने हुन्छ । यस्तो थप इच्छालाई असम्भव बनाउन कुनै शिशूको भलाईका लागी उसले आफ्नै इच्छाले समर्पण नगरेको खण्डमा कुनै तिखो चक्कु बलपूर्वक खोसेजस्तो हो । बुद्धदर्शन तथा साम्यवाद दुवैले प्रयोग गर्ने प्रमुख शक्ति शिक्षा मार्फत् गरिने तर्कको बल र आस्था हो ।  जब, मानिसहरु सबै मानिसको पूर्ण समानतामा विश्वास गर्दैनन् । तर यस्तो समानता प्राप्त गर्ने उपाय विचारका विभिन्न व्यवस्थाअनुसार फरक–फरक रहेका छन् । मानिसहरुलाई यन्त्रसरह व्यवहार गराउन लगाउनु कुनै वाह्य प्रेरणामा प्रतिक्रिया दिन लगाउनु, अरुद्वारा आविष्कार गरिएका केही नारा तथा सूत्रहरु बारम्बार दोहो¥याउने कुराले नै नयाँ सिद्धान्तको आवश्यकताबारे आम जनता यथार्थमा बुझ्ने भएका छन् भन्ने कुराको प्रमाण हुन सक्दैन । धन र सुविस्ताको प्रतिक्रियामा मान्छेले सजिलै धेरैमान्छेलाई आफ्ना पछि लगाउन सक्छन् । तर यस्ता कुराले समानता भने प्राप्त हुदैन । बुद्धदर्शनमा कुनै व्यक्तिको सम्पति लिएर अरुलाई दिदैमा सन्तुष्टि हुदैन । यो त सामाजिक सेवा जस्तै टालटुल मात्र हो । बुद्धदर्शनले जनताको स्वामित्वको प्रवृत्तिलाई झिकिदिन्छ तथा जीवनको अर्थ बुझ्नका लागी ती कुरालाई गहिरो बुझाई नभएका लागी जीवनको मुल्य ग्रहण गर्न दिन्छ । यसो भएमा सुख स्वयममा जनताहरु रमाउँछन् तथा रमाइलोको लागी उनीहरुले सन्तुष्टि नभई उपाय भएमा तिनीहरुलाई वस्तु थुपार्ने, बैंकमा कार्य गर्ने, शोषण गर्ने तथा व्यक्तिगत सम्पतिको अन्य थप कुरालाई ग्रहण गर्नुपर्दैन । सम्पुर्ण समानता ल्याउनका लागी मानिसको मानसिक दृष्टिकोणमा मौलिक परिवर्तन आवश्यक छ : तथा यहाँ नै बुद्धदर्शनको मनोविज्ञानले साम्यवादी समाजशास्त्रलाई पुरा गर्न सक्दछ ।

 युगौयुगको क्रममा इतिहासले देखाए सरह यस्तो द्वन्द्व वर्गबीचको सघर्ष अन्ततः तानाशाही शक्तिबाटमात्र अन्त्य नभई वर्गवहिन समाजमा मात्र अन्त्य हुन्छ । मानवताले डोहो-याएको मार्ग यहिनै हो जसबाट सो र अन्यबीचको फरकमा आधारित सबै सघर्ष यी दुबै उग्र अवस्थाबारे समाधानबाट अन्त्य हुन्छन् । जुन कुरा अज्ञानले एकअर्कालाई विरोध गरिरहेको हुन्छ । यो कुनै प्रक्रियाको अवैयक्तिक तत्वमा सम्पुर्ण तत्वहरु उत्कृष्ट मिलानमा समाविष्ट हुन्छन् । यसप्रकारको अवैयक्तिकताको प्राप्तिनै बुद्धदर्शनको उच्चतम उत्कृष्टताका रुपमा बौद्धिक विकास हो भने साम्यवादमा  सामाजिक विकास हो । यसरी के देखिन्छ भने यी दुवैकुरालाई ठिक व्याख्या गर्दै इमान्दारितापूर्वक अभ्यास गरेमा ज्यादै सम्पुर्ण श्रृङ्खला प्राप्त गर्न सकिन्छ किनभने दुबैले सोही उद्देश्यका लागी प्रयास गरेका छन् :अहमबादको जन्जीर तोड्ने कुरामा । हामीले खोजेको कुरा स्वतन्त्रता मात्र हो भने यस्तो जन्जीर कसैले तोड्न खोज्दा किन हाम्रो मुटु दुख्छ त? किनभने हाम्रो अज्ञानतामा नै हामीले ती जन्जिरलाई आफैसँग जोडेर पहिचान गर्न थालेका छौ । जब मानिसले आफुलाई बेग्लै व्यक्तिको रुपमा नभई आफैलाई हेर्न सिकेमा अर्थात् मानवताको सामाजिक शरिरमा एउटा अङ्गको रुपमा आफूलाई बुझेमा उसले के बुझ्दछ भने उसको वैयक्तिकता तथा पृथकतालाई गुमाएर सबैलाई सम्पुर्णताको अंशका रुपमा आफूलाई सेवा गर्नेकुरा मानीसले तब बुझ्नेछ । आफुमानै इच्छाको अन्त्य यो कुुराले हुनेछ अर्थात् समाजको वर्गसघर्षको अन्त्य तथा बुद्धदर्शन तथा साम्यवादको उत्कृष्ट मिलान नमुना हुने छ ।